ब्रेकिङ न्युज : पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ

 अनलाइनखबर पाटी     २७ बैशाख २०८०, बुधबार

शोभित उप्रेती – बैशख २७ काठमाडौँ  । नेपाल प्रहरीको विहानदेखि नै पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई पक्राउ गर्ने तयारी थियो  । त्यसका लागि प्रहरीले विहानैदेखि नै रेकी गरिरहेको थियो ।

अन्तत: खाँड घरमै रहेको थाहा पाएपछी प्रहरीहरुले अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गरे । अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसी घटनास्थल पुग्दा खाँण आफ्नी श्रीमतीसँग भिडियो कलमा व्यस्त थिए ।
सुरुमा प्रहरीले उनका पिएलाई समात्यो । अव आफु पनि पक्राउ परिने भएपछी उनले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुने । ढोका थुनेर उनले केहिलाई फोन पनि घुमाए 
तर, चुकुल लगाएर भित्र बसेका उनले निकै बेर खोलेनन् । प्रहरीले आफु लिन आएको खबर गरे । तर पनि उनले फोन उठाएनन् । निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै फोडयो। ढोका फुटाएर पक्राउ परेपछि  केहीबेर तानातान भएको प्रहरीको भनाई छ ।
प्रहरीले ढोका फोरेरै सोधपुछ गर्न थालेपछि खाँणले के गरेको यस्तो भनेर प्रतिप्रश्न गरे । जवाफमा प्रहरीले तपाईंसँग केहि सोधपुछ गर्नुपर्ने छ, जाउँ भने । प्रहरी टोलीलाई पुन: खाँणले ‘के–के सोध्ने हो यहीँ सोध्नू’ भनेर अलि ठुलो स्वर गरे । प्रहरी कर्मचारीले भने कार्यालयमै पुगेर बयान दिनुपर्ने अडान लिए ।
प्रहरीको अडानपछि पनि खाँण बोल्न छोडेनन् । ‘तपाईंहरुलाई के के कुरा सोध्नुपर्ने हो यहीँ सोध्नोस् । मैले केही गलत काम गरेको छैन भने म किन तपाईंहरुको कार्यालय जाने ? त्यहाँ गएर किन बयान दिने ? म किन जाने?’ भन्न थाले । सार्है भएपछि प्रहरीले  खाणको हातमा पक्राउ पूर्जी थमायो । प्रहरीको टोलीले अदालतबाट जारी भएको पक्राउ पूर्जी थमाएपछि भने खाण केही नरम भए ।
उनी बल्ल प्रहरीसँगै आउन तयार भए । ‘ठिकै छ। म जान्छु। केही नगर्दा पनि फसिँदो रहेछ’ भनेर उनी मुर्मुरिन थाले । त्यसपछि प्रहरीले खाणलाई भ्यानमा राखेर जिल्ला प्रहरी परिसर टेकु पर्‍यायो ।
तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट