बझाङको सुर्मामा हिमपहिरो – एक जनाको शव भेटियो, २ जना अझै बेपत्ता

 अनलाइनखबर पाटी     ७ जेष्ठ २०८०, आईतवार

चन्द्र रोकाया – जेठ ७, धनगढी । बझाङ जिल्मालाको हिमाली भेगमा  हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । जिल्लाको  सुर्मा गाउँपालिका–३ घर भएकी  यार्सागुम्बा संकलन गर्न गएकी रमादेवी भनिने रामकोइलादेवी बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले अनलाइनखबर पाटीलाई  जानकारी दिए |

डीएसपी जागेश्वरका अनुसार घटनास्थलतर्फ गएको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यहाँ नपुगेपनि स्थानीय बासिन्दाले बोहराको शव भेटिएको जानकारी प्रहरीलाई गराएका छन् ।

हिमपहिरोमा परेर बेपत्ता भएका अन्य दुई जनाको भने खोजी भइरहेको उनले  बताए । भण्डारीका  अनुसार पहिरोमा परेर दुई जना घाइते भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो गएको खबर स्थानीय बासिन्दाले दिएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

पैदल जानुपर्ने भएका कारणले  घटनासम्म  पुग्न समय लाग्ने प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट