कैलालीको दुर्गालक्ष्मी नमुना माविका छात्रले बनाए टिकटक थ्रीसिक्स्टी भिडियो बुथ

 अनलाइनखबर पाटी     ९ जेष्ठ २०८०, मंगलवार

जेष्ठ  ९ अत्तरिया । कैलालि जिल्लाको  गोदावारी नगरपालिका वडा न . २ दुर्गा लक्ष्मी नमुना माध्यामिक बिघ्यालयका छात्र आयुष चौधरीले थ्रीसिक्स्टी भिडियो बुथ बनाएका छन् । दुर्गा लक्ष्मी नेक्सुकर्नर क्लबको समन्वयमा चौधरीले उक्त भिडियो बुथ बनाएका हुन् ।

सोमबार जिल्लाको अत्तरिया चोकमा भिडियो बुथको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । क्लबका सदस्य समेत रहेका चौधरीले मोटरबाट चल्ने थ्रीसिक्स्टी भिडियो बुथमा मोबाईल राखेर भिडियो खिचिने बताए  छन प्रबिधि मैत्री समाज निर्माण सहित आवश्य उपकरण उपलब्ध हुने हो भने यस्ता थुप्रै प्रबिधिको सामुहिक रुपमा निर्माण गर्न आफुहरु तयार रहेको चौधरीले अनलाइनखबर पाटीलाइ बताए ।

टिकटकमा भिडियो बुथ भाईरल भएको देखेर आफुले पनि बनाएको उनले बताए । उनले एक हप्ता लगाएर आफ्नो र साथिहरुको सहयोगमा बनाएको बताए ।

दुर्गा लक्ष्मी नेक्सुकर्नर क्लबका संस्थापक अध्यक्ष किरण भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा दुर्गा लक्ष्मी नमुना माबिका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश शाह प्रमुख अतिथी रहेका थिए । नेक्सुकर्नर फाउण्डर जेनुअल सिदकी, नेपाली कांग्रेस कैलाली जिल्ला सदस्य प्रेमराज भट्ट, शिक्षक लोकेन्द्र भट्ट लगायत क्लबका पदाधिकारी र अन्य बिद्यार्थी तथा युवाहरुको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहले नौलो कुराको आविष्कार गरेकोमा धन्यवाद ग्यापन गरे । उनले अदभुत क्षमता भएका विद्यार्थी छन तर राज्यले लगानि नगरदिदा ओझेलमा परेको बताए । बिद्यालयमा पढिरहेका बिद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि समय समयमा आईटी सम्बन्धीका कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ ।

दुर्गा लक्ष्मी नेक्सुकर्नर क्लबका संस्थापक अध्यक्ष किरण भट्टले प्रविधिको विकास संगसंगै विद्यार्थीहरु अगाडि बढिरहेको बताए । उनले क्लबले एउटा टिम बनाएर बिभिन्न कुराहरुको आविष्कार गरिरहेको तर सहयोग गर्नेको खाँचो रहेको बताए । स्थानिय तहले पनि यस बिषयमा चासो दिनुपर्ने उनको भनाई छ ।

बिध्यार्थी मैत्री प्रबिधिको प्रयोग र निर्माणका लागि बिध्यालय सदैव तयार रहेको बिध्यालयका लेखापाल रतन कार्किले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट