काठमाडौंमा यौनिक तथा लैगिक अल्पसंख्यकको गौरवयात्रा – हेर्नुहोस तस्वीरहरु

 अनलाइनखबर पाटी     २७ जेष्ठ २०८०, शनिबार

जेठ २७, काठमाडौं । शनिबार काठमाडौंको शान्तिवाटिकादेखि नारायणचौरसम्म गौरवयात्रा गरिएको छ । नेपाल क्वेयर युथ ग्रुपले आयोजना गरेको उक्त कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यकले आफ्नो अधिकारको पक्षमा आवाज उठाएका थिए ।

विश्वभरि ईश्वी संवत्‌को जुन महिनालाई सीमान्तकृत यौन अभिमुखीकरण भएका व्यक्तिहरुले गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाउने गर्छन् ।

बिसौं शताब्दीको ६० को दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरेर मनाउने गरिएको आयोजक क्वेयर युथ ग्रुपले जानकारी दिएको छ ।

शनिबार काठमाडौं रानीपोखरी छेउको शान्तिवाटिकादेखि सुरु भएको गौरव यात्रा जमल, दरवारमार्ग, नारायणहिटी, नागपोखरी हुँदै नारायणचौरसम्म पुगेको थियो । त्यसपछि नारायणचौरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

नेपालमा २०७६ सालदेखि गौरवयात्रा मनाउन थालिएको हो । २०७७ र २०७८ सालमा कोभिड-१९ महामारीका कारण अनलाइन माध्यमबाट गौरव यात्राको आयोजना गरिएको गियो ।

२०७९ सालमा दोस्रो पटक भौतिक उपस्थितिमा गौरव यात्रा मनाइएको थियो ।

यसवर्ष समग्रमा पाँचौ र भौतिक  उपस्थितिमा मनाइएको तेस्रो कार्यक्रम हो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट