अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा द ट्रेल अफ द गॉड्स’ को आयोजनामा दाेलखामा हुने

 अनलाइनखबर पाटी     १० मंसिर २०८०, आईतवार

दीपशंकर चाैलागाई
दाेलखा १० मंसिर। दाेलखाकाे पवित्र धार्मिक स्थल कालिञ्चाेककाे कुरि देखि नागदह सम्म अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुने भएको छ।

हिमालयन एनिग्मा-द ट्रेल अफ द गॉड्स’ को आयोजना हुने मंसिर १२र १३मा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुने छ।नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा भीमेश्वर नगरपालिकासँगको समन्वयमा प्रतियाेगिता हुन लागेकाे पत्रकार सम्मेलनमा आयाेजकले बताएकाछन ।

आयोजक टोलीका प्रतिनिधि तथा स्थानीय समुदायका सदस्य सान्तु श्रेष्ठले प्रतियोगितामा फ्रान्सका प्रख्यात माउन्टेन बाइकिङ लिजेन्ड किलियन ब्रोन सहित १६ देशका ९० जना सहभागी हुने बताए ।श्रेष्ठले भन्ने प्रतियोगितामा पहिलो क्याटोगोरीमा एलिट समुह, दोस्रोमा खुला वर्ग, तेस्रोमा मध्यम तथा चौथो स्तरमा रमाइलो वर्ग गरि वर्गिकरण गरिएका छाै ।
दोलखालाई मात्रै नभई नेपाललाई टप माउन्टेन बाइकिङ गन्तव्यका रुपमा चिनाउन यस प्रतियाेता काेशेढुङ्गा सावित हुने भिमेश्वर नगरपालिका का मेयर ईश्वर नारायण मानन्धरले दाबी गरे ।याे प्रतियोगिताले दाेलखालाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा थप परिचित बनाउने छ मेयर मानन्धरले भने ।

काठमाण्डौबाट करिब १३५ किलोमिटर दुरीको मध्य नेपालको दोलखामा हुने उक्त दौड कार्यक्रममा अभ्यास दिवस, सीडिड रन र रेस डे समावेश गरिने पत्रकार सम्मेलनमा आयाेजकले जानकारी दिएकाछन ।

एशियामै पहिलो पटक १२देखि १८ बर्ष उमेर समूह माउन्टेन बाइकिङ प्रतियोगिता हुने आयाेजकले दाबी गरेकाे छ ।याे उमेर समुहमा बिदेशी प्रतियाेगि समेत रहने छन।
प्रतियाेगीता सम्पन्न हुन करिब १७ लाख खर्च हुने हिमालयन एनिग्मा द ट्रेल अफ द गॉड्स’ ले जनाएको छ। नेपाल पर्यटन विकास बाेर्डले १० लाख छुट्टाएकाे बाँकी अन्य निकायबाट लागानी जुटने छ।भिमेश्वर नगरपालिका र अन्य १८ वटा कम्पनीले सहयोग गर्ने अपेक्षा राखेका छाै स्थानीय समाजसेवी युवा ‘हिमालयन एनिग्मा द ट्रेल अफ द गॉड्स’ सदस्य सान्तु श्रेष्ठले भने ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट