स्थानीय तहको बजेटमा युवा प्राथमिकतामा तन्नेरी चासो दोलखाको डिवेट कार्यक्रम

 अनलाइनखबर पाटी     १९ फाल्गुन २०८०, शनिबार

फागुन १९
स्थानीय सरकारको निती तथा कार्यक्रम र बजेटमा युवालाई प्राथमीकता विषयक डिवेट कार्यक्रम चरिकोटमा आज सम्पन्न भएको छ ।
तन्नेरी चासो दोलखाले आयोजना गरेको सो कार्यक्रममा स्थानीय तहले विनीयोजन गरेको बजेट तथा निती तथा कार्यक्रममा प्राथमिकता दिएको छ ? भन्ने पक्ष र प्राथमिता दिएको छैन , भन्ने विपक्षमा डिवेट भएको थियो । कार्यक्रममा जिल्लाका २५ जना युवाहरुको सहभागिता रहेको थियो । डिवेट कार्यक्रममा सहभागिहरुले स्थानीय तहले बजेट विनीयोजन गर्दा युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने गरि उनिहरुलाई सिपमुलक कार्यक्रम सञ्चालन गरेको, उद्यमी बन्न चाहने व्यक्तिलाई रकम सहयोग गरेको जस्ता भनाई पक्षको तर्फबाट राखेका थिए ।

यस्तै विपक्षको तर्फबाट बोल्ने सहभागिहरुले स्थानीय सरकारले अपेक्षा अनुसार युवाका क्षेत्रमा काम गर्न नसक्दा दिनहुँ जसो रोजगारीको लागि विदेशिने क्रम बढेको तर्क राखेका थिए । स्थानीय तहबाट निर्वाचित हुने युवाको जमात धेरै भए पनि युवाका सवालमा जेजति कार्य हुनुपर्ने हो, त्यति हुन नसकेको बताएका छन् । युवाले चाहे र सोचे जस्तो स्थानीय सरकार भएको भए गाउँघरमा युवा रहन्थेँ, उनिहरुले खोजे जस्तो अबसर नपाएर देशनै छाडेर विदेशिन बाध्य भएको उनिहरुको तर्क छ । तन्नेरी चासोका कार्यक्रम संयोजक गणेश बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेतले भीमेश्वर नगरपालिकाले युवा विकासका मेरुदण्ड भएकाले युवालाई समेटेर नगरले काम गरिरहेको बताउनु भयो ।
युवा पंक्ति जागरुप भएर यस्तै खालका कार्यक्रम गर्दै स्थानीय तहलाई झकझकाउर्दै गर्नु पर्ने बताउनु भयो । स्थानीय तहले युवा स्वरोजगार कार्यक्रम, कृृृषिमा अनुदान, व्यवसाय संञ्चालन लगाएतका कार्यक्रम संञ्चालन गरिरहेको बताउनु भयो । युवा लक्षित कार्यक्रमहरु परदर्शी रुपमा भएको दावि गर्नु भयो । युवालाई सिप सँग जोड्न सकिए मात्रै युवाका समस्या समाधान हुने भन्र्दै त्यस तर्फ काम गरिरहेको बताउनु भयो ।
यस्तै मेलुङ्ग गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले तन्नेरी चासोको डिवेट अभियानले युवाहरु स्थानीय तह सम्म पुगेर उनिहरुले निती तथा कार्यक्रम सहितका योजना बुझ्ने अबसर पाएको बताउनु भयो ।
यस्ता कार्यक्रम अहिलेको आवश्यकता रहेको बताउर्दै युवाहरुमा सकरात्मक प्रभाव पार्ने बताउनु भयो । बहसको आवश्यकता छ । यस्ता कार्यक्रम निरन्तर हुनु पर्छ । युवाका मुद्धामा रकम खर्च गरे पनि परिमाणमुखी बनाउन नसकेको बताउनु भयो । तर निती गत निमार्ण, राजनितीक नेतृत्व र रोजगारमुखी बनाउने जस्ता कार्यक्रममा ध्यान भने गइरहेको बताउनु भयो । युवाहरुलाई क्षमतावान बनाई रोजगारी दिनको लागि सिपमुलक काम गरिरहेको बताउनु भयो ।
तन्नेरी चासो दोलखाले पछिल्लो समय स्थानीय तहलाई डिवेट कार्यक्रम मार्फत बजेट कार्यान्वयन देखि निति निर्माणका बारेमा छलफल गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट