संघको २५ औँ जिल्ला प्रतिनिधि सभा सम्पन्न

 अनलाइनखबर पाटी     १९ फाल्गुन २०८०, शनिबार

ओकेपाटी संवाददाता

दाेलखा १९ फागुन ।  नेपाल शिक्षक संघ दाेलखाको २५ औँ जिल्ला प्रतिनिधि सभा भएको छ । चरिकोटमा एक औपचारिक कार्यक्रम गरी संघले प्रतिनिधि सभा गरेको हो ।
सभाको नेपाली काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि शिवाकोटीले  शिक्षकहरुको हक अधिकारका विषयमा सशक्त भएर लाग्न संघलाई आग्रह  गरे । उनले विधि र पद्धतीमा  रहेर संगठनलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । बिशिष्ट अतिथि भिमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरले जनप्रतिनिधिहरुको कारण शिक्षकहरुले कुनै दु:ख नपाउने र आफू सँधै शिक्षकका पक्षमा उभिने विचार व्यक्त गरे । शिक्षकहरुले कक्षाकोठामा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । मानन्धरले भिमेश्वर नगरपालिकामा शिक्षक संघलाई सबभन्दा ठुलाे संगठन बनाउन लागि पर्ने बताएकाछन।
विशेष अतिथि नेपाली कांग्रेसका उपसभापति तथा कालिन्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले समाज रुपान्तरणमा प्रमुख भूमिका खेल्ने शिक्षकहरुले कहिल्यै शिर झुकाउनु नपर्ने गरी काम गर्न आग्रह गर्दै सामुदायिक विद्यालय र सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धी गर्न शिक्षक संघमा आवद्ध सबै शिक्षकहरु प्रतिबद्ध भएर लाग्नु पर्ने विचार व्यक्त गरे । राष्ट्रले परिकल्पना गरेकाे कुशल शिक्षक भएर अगाडि बढ्नुस तपाईहरू चाैतर्फबाट प्रसंशाकाे पात्र बन्नुहुनेछ।आफ्नो कर्तव्य पथबाट कहिले बिचल्ली नहुनुस् यसमा नेपाली कांग्रेसले गर्व गर्ने छ उपसभापति शिवाकोटीले भने ।
नेपाल शिक्षक संघ संघीय उपमहासचिव गीता शिवाकोटीले  संगठनबाटै नै नेपाल शिक्षकहरूले उपलब्धी  प्राप्त गरेको  बताईन। स्थापना कालदेखि शिक्षकहरूको हकहित र अधिकारका लागि काम गर्दै आएको शिवाकोटीले दाबि गरिन्। अहिले दाेलखा जिल्लामा नेपाल शिक्षक संघमा आवद्व हुने शिक्षकहरूको सख्या वृद्धि हुदै गएकोमा बर्तमान नेतृत्वलाई उनले धन्यवाद दिएकीछिन। नेपाल शिक्षक संघ बागमती प्रदेश उपाध्यक्ष दिपशंकर चाैलागाईले बर्तमान सरकारले शिक्षकहरूका माग पुरा गर्नुपर्ने बताए । आन्दोलनमा शिक्षकसंग भएका सम्झाैता कार्यान्वयन गरी संघीय शिक्षा ऐन तत्काल ल्याउन आग्रह गरे। नेपाल शिक्षक संघ दाेलखा एक सशक्त संगठन बन्न सफल भएको बताए ।
संघले सोही अवसरमा संगठनलाई मजबुत बनाउन याेगदान पुर्याउने शिक्षकहरूलाई सम्मान गरेको छ।
नेपाल शिक्षक संघ दोलखाको २५ औं प्रतिनिधि सभा उपाध्यक्ष गीताकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न भएकाे उक्त प्रतिनिधीमा सभा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु शिवाकोटी, भीमेश्वर नपाका मेयर एवं नेकां का नेता इश्वरनारायण मानन्धर, कालिन्चोक गाउँपालिका अध्यक्ष एवं नेका उपसभापति अर्जुनप्रसाद शिवाकोटी, संघीय समिति उपमहासचिव गीता शिवाकोटी , बागमती प्रदेश उपाध्यक्ष दीपशंकर चौलागाई,नेपाल ट्रेड युनियन कांग्रेस दाेलखाका अध्यक्ष शम्भु गाैतम, नेपाल तरूण दलका केन्द्रीय सदस्य गाेपी शिवाकोटी ,नेपाल शिक्षक संघ बागमती प्रदेश सदस्य दुर्गादेवी गुरूङ, नेपाल शिक्षक संघ भिमेश्वर नगरका अध्यक्ष युवराज पाठक, नेपाल शिक्षक संघ तामाकोसी गाउँपालिका अध्यक्ष सन्ताेष कार्की , नेपाल शिक्षक संघ गाैरीशंकर गाउँपालिका अध्यक्ष हुकुन्द्र खड्का, नेपाल शिक्षक संघ दाेलखा महिला उपाध्यक्ष अम्बिका काफ्ले लगायतले सम्बाेधन गरेका छन ।
सचिव अर्थ शम्भु सुवेदीले आर्थिक प्रतिवेदन तथा सचिव राजेश बस्नेतले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट