पहिरोका कारण अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

 अनलाइनखबर पाटी     ९ भाद्र २०८१, आईतवार

भाद्र -९, काठमाडौं |   पहिरोका  कारण  अरनिको र हेलम्बु राजमार्ग अवरूद्ध भएको छ। अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् , बाटो खुलाउने प्रयास जारी छ। वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट