सुदूरपश्चिमको प्रमुख चाड गौरा पर्व सोमबार धुमधामका साथ मनाइँदै – हेर्नुहोस् तस्वीर

 अनलाइनखबर पाटी     १० भाद्र २०८१, सोमबार

भाद्र-१०, कञ्चनपुर — सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ। प्रमुख चाड गौरा पर्व सोमबार धुमधामका साथ मनाइँदैछ । महिलाहरू ब्रत बसी गौरादेवी र महेश्वर (शिव) को प्रतिमालाई टाउकोमा राखेर हल्लोरी वाला भन्दै खेलाउँदै गौराघरदेखि मन्दिरसम्म पुग्छन् । उक्त गौरा र महेश्वरलाई पञ्चमीका दिन भिजाइएको बिरुडाले पूजा गरिन्छ ।

अष्टमीको अघिल्लो दिन गौरा घरमा गौरादेवीको स्थापना गरिन्छ । ब्रतालु महिलाहरूले बिरुडाले पूजा गर्छन् । अष्टमीका दिन गौरा घरदेखि मन्दिरसम्म गौरा गित गाएर मन्दिरसम्म पुर्‍याइन्छ । त्यसपछि गौराको मन्दिर परिक्रमा गरेपछि आ–आफ्नो परम्पराअनुसार सोही दिन वा दोस्रो-तेस्रो र हप्ता दिन पछि पनि सेलाउने चलन छ ।

पञ्चमीका दिन महिलाहरूले ब्रत बसेर गहुँ, सानो केराउ, मास, गुराँस, गहत मिसाएर पञ्चनाज बनाइ बिरुडा भिजाउँछन् । दोस्रो दिन पनि ब्रत बसेर बिरुडा धुने गरिन्छ । त्यसपछि सप्तमीका दिन गौराको स्थापना गरेर त्यही बिरुडाले पूजा गरिन्छ । उक्त दिनलाई भत्री गौरा पनि भन्ने गरिन्छ ।

गौरा सुरु भएसँगै ग्रामीण भेगमा डेउडाको रौनक पनि बढेको छ । चोक चौतारादेखि मठ मन्दिरमा डेउडा खेल्न सुरु भएको छ । एक/डेढ सातासम्म डेउडाको पनि रौनक हुने गर्छ ।

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ। सप्तमीका दिन धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतीमा बनाई ‘गौराघर’मा भित्र्याउन परम्परा रहेको छ ।

सुदूरपश्चिमको प्रमुख चाड भएकाले रोजगारी वा अध्ययन र अन्य कामले बाहिर भएकाहरू पनि यतिबेला घर फर्किने गर्छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट