डडेल्धुरामा जीप दुर्घटना, दुईको मृत्यु, १५ घाइते

 अनलाइनखबर पाटी     १ मंसिर २०७५, शनिबार

डडेल्धुराको भागेश्वर गाउँपालिकामा शनिबार मध्यान्ह भएकाे जिप दुर्घटना दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडै र ३ का गाडी धनी ४५ वर्षीय दीपेन्द्र शाही रहेका छन्।

दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

भागेश्वरको बोकटाबाट जिल्ला सदरमुकाम तिर आउँदै गरेको म १ ज १८० नम्बरको जीप भागेश्वर गाउँपालिका–४ कुरङायलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताए।

जिप सडकभन्दा १०० मिटर तल खसेको थियो। दुर्घटना के कति कारणले भएको हो भन्नेबारे केही बताइएको छैन।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट