धनगढीमा प्रदेश प्रमुखको कार्यालय नजिकै युवकको हत्या, सडकमा शव घिसार्ने एक पक्राउ

 अनलाइनखबर पाटी     १ मंसिर २०७५, शनिबार

कैलालीको सदरमुकाम धनगढीमा शुक्रबार राति एक युवकको हत्या भएको छ । ‘सुदूरपश्चिम प्रदेश’का प्रदेश प्रमुखको कार्यालय नजिकै रहेको कलश होटेलको पछाडि धनगढीका विजय थापाको हत्या भएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धामका २५ वर्षीय विजय थापाको हत्या भएको वडा प्रहरी कार्यालय धनगढीमा प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहले ओकेपाटीलाई जानकारी दिए।

शुक्रवार राति करीब १० बजेतिर थापाको हत्या भएको प्रहरी निरीक्षक सिंहको भनाइ छ। रक्ताम्य युवक शवलाई सडकमा घिसार्दै लगिरहेका बेला धनगढी उप–महानगरपालिका– ४ कै आशीष सेटी प्रहरीले नियन्त्रणमा लिएको छ।  घटना स्थलमा भेटिएका सोही ठाउँका दीपेन्द्र चौधरीलाई प्रहरीले साेधपुछपछि छाडेकाे जनाएकाे छ।

राति विजयको शव लिएर हिँडिरहेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। आशीषले विजय छतबाट लडेकाले उपचारका लागि अस्पताल लैजान लागेको बताएका छन्।

शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट