प्रतिवेदनमा सहमति जुटाउन कांग्रेस अन्तिम प्रयासमा

 अनलाइनखबर पाटी     २८ मंसिर २०७५, शुक्रबार

नेपाली कांग्रेसले महासमिति बैठकमा पेश गर्ने प्रतिवेदनमा सहमतिको अन्तिम प्रयास गर्ने भएको छ । महासमिति बैठक भोलि सुरु हुने भएपनि आर्थिक प्रतिवेदन बाहेक राजनीतिक, सांगठनिक, विधान मस्यौदा र आयव्यय सम्बन्धी प्रतिवेदन कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्न सकेको छैन ।

विधान मस्यौदा र राजनीतिक प्रतिवेदनमाथि देखिएको चरम विवादका कारण अन्य प्रतिवेदनहरु समेत प्रभावित भएका छन् । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा अहिले केहीबेरमा बस्ने केन्द्रीय समिति बैठकमा सबै प्रतिवेदन थप छलफल गर्दै पारित गर्ने कार्यसूची सहित प्रस्तुत हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

विधानमा उल्लेख पदाधिकारीको संख्या, सदस्यताको वर्गीकरण, संसदीय बोर्ड लगायत विषयमा नेताहरुबीच सहमति हुन सकेको छैन भने राजनीतिक प्रतिवेदनमा समेत संस्थापन इतर पक्षले आपत्ति जनाउँदै आएका छन् । २ साता लामो केन्द्रीय समिति बैठकले हालसम्म ५ मध्ये आर्थिक प्रतिवेदन मात्रै परिमार्जन सहित अनुमोदन गरेको छ ।

आजको बैठकले समेत अनुमोदन नगरे सबै प्रतिवेदन फरक मतसहित महासमिति बैठकमा प्रस्तुत हुने प्रवक्ता शर्माको भनाई छ ।  यसैबीच, कांग्रेस महासमिति बैठकका लागि सदस्यको नाम दर्ता जारी छ । आजका लागि तय बैठक एक दिन पछि सरेपनि प्रतिनिधिहरु काठमाडौं आईसकेकाले आजै दर्ता सुरु भएको हो । बै

ठकको औपचारिक उद्घाटन भने राजधानीस्थित एक पार्टी प्यालेसमा भोलि हुनेछ । बैठकमा सहभागी हुन विभिन्न जिल्ला तथा विदेशबाट आएका शुभेक्छुक संस्थाका प्रतिनिधिहरुको नाम दर्ता भईरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सदस्यहरुको स्वागतसंगै नाम दर्ता प्रक्रिया सुरु भएको हो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट