महँगा पाँच आइटम गल्र्स – बलिउड

 अनलाइनखबर पाटी     २५ माघ २०७५, शुक्रबार

आइटम गीतलाई बलिउडमा चलचित्र हिट बनाउने प्रमुख सूत्रका रूपमा लिइन्छ । आकर्षक आइटम गीतका कारण उक्त चलचित्र मात्र होइन, आफूसमेत हिट हुने सम्भावना देखेका कारण बलिउडका अभिनेत्रीहरू आइटम गीतमा अभिनय गर्न लालायित हुने गरेका छन् ।

सन्नी लियोन

पूर्व पोर्न स्टार सन्नी लियोन आइटम गीतमा सर्वाधिक डिमान्डेड अभिनेत्री हुन् । शाहरूख खानजस्ता सुपरस्टारको चलचित्र रइसमा समेत आइटम डान्स गरिसकेकी सन्नी एउटा आइटम गीतमा अभिनय गरेबापत ८ करोड पारिश्रमिक लिन्छिन् । उनले अभिनय गरेका अधिकांश गीत हिट छन् ।

प्रियंका चोपडा 

हालै अमेरिकी गायक निक जोन्ससँग विवाह गरेकी सुन्दर अभिनेत्री प्रियंका चोपडा दोस्रो महँगी आइटम गल्र्स हुन् । प्रियंकाले एउटा गीतमा आइटम डान्स गरेबापत झन्डै ७ करोड लिने गरेकी छिन ।

क्याट्रिना कैफ

चिकनी चमेली तथा शिलाकी जवानीजस्ता हिट आइटम गीतमा प्रस्तुत भएकी अभिनेत्री क्याट्रिनाले एउटा गीतका लागि झन्डै ५ करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छिन् । क्याट्रिनालाई पैसा मात्र चाहिँदैन, गीत पनि निकै राम्रो हुनुपर्छ ।

दीपिका पादुकोण 

दीपिका बलिउडकी सबैभन्दा महँगी अभिनेत्री हुन् । दीपिका आइटम गीतमा समेत जमेकी छिन् । चलचित्रमा जस्तो महँगो शुल्क नलिए पनि उनी एउटा आइटम गीतमा काम गरेबापत ४ देखि ५ करोडसम्म लिन्छिन् ।

ज्याकलिन फर्नाडिस 

ज्याकलिनले एउटा आइटम गीतमा काम गरेबापत ३ करोड २० लाख लिने गरेकी छिन् । अभिनयसँगै आइटम गीतमा पनि चर्चा कमाउने ज्याकलिन बलिउडकी टप ५ महँगी आइटम गल्र्समध्ये एक हुन् ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *