देशब्यापी कांग्रेसको विरोध जुलुस सुरु
अनलाइनखबर पाटी १५ श्रावण २०७५, मंगलवारसाउन-१५, काठमाडौं । नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको छ ।
सरकार सर्वसत्तावादी भएको, महंगी बढेको लगायतका विषय उठाउँदै कांग्रेसले देशब्यापी विरोध कार्यक्रम गरेको हो । काठमाडौं उपत्यकामा रत्नपार्कको शान्ति बाटिकामा विरोध र्याली र सभा आयोजना गरिएको छ ।
कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।
काठमाडौंमा शान्तिबाटिकाबाट दिउँसो साढे २ बजे सुरु भएको जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटिकामा आएर कोणसभामा परिणत हुने छ ।
कोणसभालाई कांग्रेसका दोस्रो तहका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।
Leave a Reply