दोलखाको तामाकोसी नदीमा अनियन्त्रित दोहन

 अनलाइनखबर पाटी     ८ चैत्र २०७५, शुक्रबार

दोलखाको तामाकोसी नदीमा गिट्टी बालुवा उत्खनन गर्नेहरुले फेरि नदीभित्रै डोजर हालेका छन्। नदीभित्रै डोजर लगाएर जथाभावी खनिएका कारण बिच भागमा ठूल्ठूला खाल्डा देखिएर नदी नै बिरुप पारिएको छ भने कतिपय स्थानमा नदीले धार नै बदलिएको छ। जिल्लाको सिंगटीदेखि नागदहका साथै तामाकोसीदेखि ढोलीखोलासम्मका विभिन्न स्थानमा सञ्चालित क्रसर तथा बालुवा उद्योगले नदीभित्रै डोजर लगाएर गिट्टी बालुवा निकालेका कारण नदीले धार परिवर्तन गर्दै लगेको स्थानीयले बताएका छन्। धार बदल्दा दायाँ बायाँ कमजोर भूभाग भएको कतिपय स्थानमा जमिन नदीले तान्ने जोखिम बढेको छ।

तामाकोसी नदीको नागदह आसपास नदीभित्रै डोजर लगाएर गिट्टी र बालुवा निकालिएको छ। यस्तै तामाकोसी बजार आसपास क्षेत्रमा समेत नदीभित्रै डोजर लगाइएका कारण ठूल्ठूला खाल्डा बनेर नदी नै बिरुप बनेको छ भने धारसमेत परिवर्तन गरेको छ। नदीभित्रै डोजर र ट्रिपर छिराइएका कारण नदीको स्वरुपमा अस्वभाविक परिवर्तन हुँदा सबैभन्दा बढी कठिनाइ गत साता सिंगटीबाट नागदहसम्म ¥याफ्टिङ गरेर आएकाहरुले बेहोरे। ‘नदीले धार बदलेका कारण डुंगासमेत राम्ररी हिँड्न सक्ने पानीको बाटो नहुँदा चार ठाउँमा त ¥याफ्टिङ बोट ९डुंगा० बोकेर हिँड्नुप¥यो,’ चरिकोटका बिष्णु थापाले भने। नदीभित्रै टिप्पर र डोजर छिराउन ढुंगा भर्नुका साथै जथाभावी खनिएका कारण उनीहरुको डुंगा ठाउँठाउँमा खड्किएको थियो।

यस्तै बालुवा उत्खनन गर्न नदी किनारै किनार सडक बनाइएको छ। सिंगटीदेखि नागदहसम्मका दर्जनभन्दा बढी स्थानमा जथाभावी सडक ट्र्याक खुलाइएको छ। त्यसरी खोलिएका सडक ट्र्याकमा स्थानीय सरकारकै लगानी छ। स्थानीय जनप्रतिनिधिले तामाकोसी नदीमा जथाभावी दोहन रोक्ने बताए। ‘सिंगटीदेखि नागदहसम्म वार्षिक दुई करोड रकममा गाउँपालिकाले नै टेण्डर लगाएको हो,’ कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले भने, ‘नदीभित्रसम्मै डोजर हाल्ने काम तत्कालै रोक्छौं।’ जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले छिट्टै अनुगमन गरेर नदीको बिच भागसम्म डोजर हाल्ने काम रोक्ने बताए।

तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले दायाँ बायाँ खुकुलो भू–बनोट भएका नदी क्षेत्रमा खाल्डा पार्न नहुने बताए। ‘खुकुलो भू–बनोट भएको ठाउँमा नदीको बिच भागबाट बालुवा झिक्न दिनु हुँदैन, त्यसले दायाँबायाँको भूभाग काट्ने जोखिम हुन्छ,’ अध्यक्ष पोखरेलले भने, ‘तर दायाँबायाँ पहरा र भीर भएका स्थानमा नदीबाटै बालुवा निकाल्दा केही फरक पर्दैन।’ अहिले खाल्डोजस्तो देखिए पनि वर्षायाममा नदीले तिब्बतदेखि लिएर आउने बालुवा र गिट्टीसहितको भलले त्यस्ता खाल्डा पुरिने पोखरेलको तर्क छ। पुनर्निर्माण साथै सडक आयोजना धमाधम सञ्चालन भइरहेका कारण तिनीहरुमा हुने निर्माण सामग्रीको अभाव जिल्लाबाटै परिपूर्ति गर्नुपर्ने उनी बताउँछन्। तामाकोसी नदी आसपास क्षेत्रमा डेढ दर्जनभन्दा बढी बालुवा खानी र क्रसर उद्योग सञ्चालनमा छन्।  @nagarik news..

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट