सूचना मैत्री कार्यालयका रूपमामा जिल्ला प्रहरी कार्यलय दोलखा सम्मानित

 अनलाइनखबर पाटी     १६ चैत्र २०७५, शनिबार
राजन बस्नेत,  चैत्र-१६, दोलखा  ।

नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दोलखा शाखाले जिल्ला प्रहरी कार्यालय दोलखालाई शनिबार सम्मान पत्र प्रदान गरेको छ।

दोलखामा प्रहरी सुचना संचार मैत्री भएको भन्दै शाखाले नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा सो सम्मान हस्तान्तरण गरेको हो । दोलखामा सूचना अधिकारका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको थियो। प्रदेश नम्बर ३ का प्रदेश सासंद पशुपती चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्नअन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखा र हुराडेक नेपाल दोलखाले एफएचआई ३६० र युएसए आईडी सँगको सहकार्यमा सञ्चालन गर्दैआएको पारस्परिक जवाफदेहिता परियोजनाले संयुक्त रुपमा आयोजना गरेको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश सासंद चौलागाईले जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक बासुदेव पाठकलाई सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा मा बोल्दै सासंद चौलागाईले दोलखाका सूचनाको हकको प्रवद्र्धनका लागि सरकारी निकाय,स्थानीय सरकार र सञ्चार माध्यमको महत्वपुर्ण भूमिका हुने भन्दै उनले नेपालमा सञ्चार क्षेत्रको प्रगति दुर्त गतिमा भईरहको भन्दै पत्रकारिता क्षेत्रमा युवाहरुको आर्कषण बढेको धारणा राख्दै खोज पत्रकारिता र विकास पत्रकारितालाई जोड दिन आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बेक्तिगत स्वार्थ भन्दा माथी उठेर पत्रकारिता गर्न आग्रह गर्दै जिल्लाका सञ्चारकर्मी र स्थानीय सरकार विच छलफल कार्यक्रम आयोजना गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए। कार्यक्रममा तामाकोसी गाउँपालिकाका प्रमुख तथा गाउँपालिका महासंघका ३ प्रदेशका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले स्थानीय तहमा कर्मचारीको चरम अभाव भएकाले स्थानीय तहले चाहेर पनि सूचना प्रवाह गर्न नसकेको उल्लेख गरे।

प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले नेपाल पत्रकार महासंघ को आफ्नै गरिमा रहेको बताउदै दोलखाका नागरिकहरुले सुचाना को हक सरल तरिकाले पाएको भन्दै अझै सकारात्मक रूपमा अथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गरे । कार्यक्रमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले नेपाल पत्रकार महासंघले गरेको सम्मानले जिम्मेवारी थप गरेको उल्लेख गर्दै सूचना प्रवाहलाई अझ प्रभावकारी वनाउने प्रतिवद्धता व्यक्त गरे।

अन्तरक्रिया कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेन्द्र मानन्धर, दोलखा उद्योग वाणिज्य संघकाअध्यक्ष सुन्दर कार्की, नेपाल पत्रकार महासंघ दोलखका अध्यक्ष जीवन लामा लगायतले सूचनाको हकको महत्व र जिल्ला सञ्चारमाध्यम र सञ्चारकर्मीको योगदानका बारेमा चर्चा गरेका थिए।अन्तरक्रिया कार्यक्रममा दोलखका पत्रकार रमेश खतीवडाले सूचनाको हक, सञ्चार माध्यम र स्थानीय सरकार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए कार्यपत्र प्रस्तुत गर्दै सञ्चारकर्मी खतीवडाले सूचना प्रवाहमा दोलखाका स्थानीय तहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र आवश्यक परेको बेला सूचना प्राप्त गर्न समेत कठिनाई भएको उल्लेख गरेका थिए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट