दोलखाको मेलुङमा रोकियो १८ बर्षियको गैरकानुनी बिबाह – रित्तै फर्किए जन्ती

 अनलाइनखबर पाटी     २८ फाल्गुन २०७६, बुधबार

फागुन  – २७ ,दोलखा – मेलुङ गाउँपालिका वडा नम्बर ३ भस्मे निवासि रिपु बहादुर कार्कीकी छोरी मनिषा कार्कीलाई अन्माउने तयारी हुँदै थियो । मनिषालाई सोही गाउँपालिका वडा नम्बर ४ भेड्पुका ललित बहादुर थापाका २३ वर्षिय छोरा विवेक थापाले परम्परागत रुपमा लगनगाँठो कसेर आफ्नो घर भित्र्याउँदै थिए । तर जब दुलही अन्माउने बेला भयो, तब विवाह स्थलमा प्रहरी पुगेपछि उनले आफ्नी दुलहीलाई मंगलबारको लगनमा घर लैजान पाएनन् ।

प्रहरीले दुलाहा, दुलही दुबै जनाको उमेर सोध्दा दुलहीको उमेर नपुगेको पाईएपछि तत्कालका लागि उक्त विवाह रोकिएको हो । फागुन २७ गतेका दिन माईतीघरमा कन्यादान, सिन्दुरपोते लगायतका रित पूरा गरेपछि बेहुली अन्माउने बेला विवाह घरमा प्रहरी पुगेको थियो ।

दुलहीको उमेर २० वर्ष नपुग्दै विवाह भैरहेको सूचनाका आधारमा प्रहरीले दुबै पक्षलाई दुलहीको उमेर पुगेपछि घरजम गर्ने शर्तमा सहमत गराएको जनाएको छ । स्थानीय जनप्रतिनिधी, बुद्धिजिवी लगायतको उपस्थितिमा प्रहरीले दुलहीको उमेर २० वर्ष पुगेपछि मात्र घरजम बसाउने शर्तमा सहमत गराएपछि केटा पक्ष दुलही बिनै घर फर्किएको छ । जन्मदर्ता अनुसार दुलहीको उमेर २० वर्ष पुग्न अझै २ वर्ष बाँकी देखिएको छ ।

बिवाह चलिरहँदा प्रहरीको टोलीले दुलाहा दुलहीको उमेर सोधपुछ गर्दा कानुन अनुसार केटीको उमेर नपुगेको पाईएपछि २० वर्ष नपुगेसम्म माईती घरमै बस्ने र त्यसपछि मात्र दुलाहाको घरमा गएर घरजम गर्ने दुवै पक्षका अभिभावक मन्जुर भएकोले केटाकेटी दुवैलाई सम्बन्धित अभिभावकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

दुलाहाको विवाह गर्ने उमेर पुगेपनि दुलहीको विवाह गर्ने उमेर नपुगेको पाईएपछि सम्पुर्ण प्रक्रिया पुर्याई विवाह रोकी जन्ती समेत फिर्ता पठाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले बताए ।

मुलुकी अपराध संहित २०७४ को दफा १७३ अनुसार २० वर्षको उमेर नपुगी विवाह गरे वा गराएमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *