७० करोडको काण्डमा मुछिएका गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट

 अनलाइनखबर पाटी     २८ फाल्गुन २०७६, बुधबार

पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ।

लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा आज बिहान ७ बजेर ५ मिनेटमा उक्त विष्फोट भएको प्रहरीले जनाएको छ।

उनको घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको छ।

प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट