डिभिजन वन कार्यालय दोलखाको प्रमुख सन्तमाया श्रेष्ठ घुस सहित अख्तियारको नियन्त्रणमा

 अनलाइनखबर पाटी     २९ फाल्गुन २०७६, बिहीबार

फागुन २९, चरिकोट । डिभिजन वन कार्यालय दोलखाको  प्रमुख (उपसचिव) सन्तमाया श्रेष्ठ घुस रकम २ लाखसहित भक्तपुर गठ्ठाघरबाट पक्राउ परेकी छन् ।

दोलखाबाट काठमाडौं जाँदै गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले डिभिजन वन कार्यालय दोलखाको प्रमुख सन्तमाया  श्रेष्ठलाई घुस रकम २ लाखस ३ हजार सहित बिहिबार साँझ ३ जनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

टोलीले २ लाख ३ हजार नगदसहित श्रेष्ठ सहित ३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कार्यालय सहयोगी र चालक रहेको अख्तियार स्रोतले बताएको छ । श्रोतका  अनुसार अहिले घटना स्थलमा अख्तियारको टोलि मुचुल्का तयार गर्दै गरेको छ र थप विवरण आउन बाकी छ | यो  सहित ७ महिनामा दोलखाबाट सिडियो सहित ४ जना पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *