दोलखामा सँक्रमित मुलुकवाट आएकाहरुको स्वास्थ्य जाँच नहुदा कोरोनाको त्राश बढ्दै

 अनलाइनखबर पाटी     १७ चैत्र २०७६, सोमबार

शोभित उप्रेती – चैत्र -१७, दोलखा । दोलखामा सँक्रमित मुलुकवाट आएकाहरुको स्वास्थ्य जाँच भए नभएको यकिन हुन नसकेका कारण जिल्लामा त्राश बढेको छ । दोलखाका स्थानीय तहमा विदेशबाट आएका सयौ मानिसहरु  भएको जनाएकाछन । कोरोना छ वा कोरोना सङ्क्रमित मुलुकबाट भर्खरै आउनुभएको छ ? तपाईलाई कोरोनासँग मिल्दो जुल्दो कुनै लक्षण देखिएको छ ? यदि छ भने तपाई क्वारेन्टाइनमा  बसीहाल्नुस् । तपाईले लापरवाही गरिरहनुभएको छ भने अब तपाईलाई सुरक्षाकर्मीले पक्राउ गर्न सक्नेछ । लुकीछिपी आफू पनि जोखिममा पर्नुभएको छ, घर परिवार, समाज र राष्ट्रकै विरुद्ध लागि रहनुभएको छ भन्ने निष्कर्षका साथ प्रहरीले त्यस्ता व्यक्तिलाई तत्काल पक्राउ गरी जेल सजायसमेत गर्नसक्नेछ ।

दोलखाका चार स्थानीय तहमा विदेशबाट वैतेश्वर, कालिञ्चोक, गौरीशंकर र जिरीमा विदेशबाट आएका १४९ जना मानिस फेला परेका हुन् । जसमा सवैभन्दा बढी कालिञ्चोक गाउँपालिकामा ६८ जना मानिस विदेशबाट फर्किएको पाइएको छ भने गौरीशंकर गाउँपालिका ३६ जना, वैतेश्वर गाउँपालिकामा २७ जना र जिरी नगरपालिकामा १८ जना मानिस विदेशबाट फर्किएका छन् ।कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार शनिवारसम्म ६८ जना विदेशवाट आएका मानिसहरु फेला परेका हुन् । ति मध्ये तिन जना मलेसिया, एक जना दुवई र बाँकी ६४ जना भारतवाट आएका छन ।विदेशवाट आएका व्यक्तिहरु ‘होम क्वारेन्टाईन’ मा रहेको बताइएकाे छ ।

जिल्लाको गौरीशंकर गाउँपालिकामा अहिलेसम्म विदेशवाट आएका ३६ जना  छन् । ३४ जना छिमेकी मुलुक भारतवाट तथा मलेसिया र जापानवाट एक एक जना छन ।जिरीमा १८ जनाको विवरण संकलन भैसकेको छ र अन्यको विवरण संकलन गर्ने काम भैरहेको जनाइृएकाे छ । जिल्लाको भिमेश्वर नगरपालिका तथा तामाकोशी,शैलुङ, मेलुङ र बिगु गाउँपालिकाले पनि विवरण संकलनको लागि प्रत्येक वडा तहलाई निर्देशन दिएको र वडा तहले निर्देशन अनुसार काम सुरु गरेको बताएका छन् ।  सरकारले विदेशवाट आएकाहरुलाई अनिवार्यरुपमा स्वास्थ्य परिक्षण गराउन र क्वारेन्टाईनमा बस्न आग्रह गरिसकेको छ ।

कोरोना संक्रमणको त्राशसँगै दोलखाका स्थानीय तहहरुले विदेशबाट गाउँ फर्किएका नागरिकहरुको विवरण सङ्कलन गर्न सुरु गरेका छन् । मुलुक लकडाउन हुनु अघि नैं वैदेशिक रोजगारीमा गएका तथा कोरोना सँक्रमित मुलुकवाट ठूलो सँख्यामा मासिनहरु दोलखा फर्किएका थिए । नेपालमा विदेशवाट फर्किएका एकपछि अर्को व्यक्तिमा कोरोना सँक्रमणको पुष्टि भईरहेको छ । विदेशवाट गाउँघर फर्किएकाहरुमा कोरोनाको सँक्रमण भएमा सवैभन्दा पहिले परिवारका सदस्य र टोल, छिमेकमा सँक्रमण फैलिन सक्ने भएका कारण पनि सरकारले विदेशवाट आएकाहरुलाई अनिवार्यरुपमा स्वास्थ्य परिक्षण गराउन र क्वारेन्टाईनमा बस्न आग्रह गरिसकेको छ ।

सरकारले ‘सङ्क्रमण रोग ऐन’अनुसार त्यस्ता व्यक्तिलाई कडा कारवाही गर्ने भएको छ । आशङ्कामा रहेका कुनै व्यक्ति तपाईको घर समाज नजिक लुकीछिपी बसेका छन् भने त्यस्ता व्यक्तिलाई समेत कारवाही हुने भएको छ । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले क्वारेन्टाइनमा बसेका वा कुनै पनि आशङ्का देखिएका व्यक्ति सूचना नदिएर लुकेर गाँउघरमा बस्ने सम्पर्कमा नआउने प्रवृत्ति बढेको पाइएकाले कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने “क्वारेन्टाइनमा बसेका केही व्यक्ति भागेको वा नबसेको भन्ने पाइएकाले सङ्क्रमण रोग ऐनअनुसार कारवाही गर्ने निर्णय भएको छ ।” लापरवाही बढेको पाइएकाले कैद सजायदेखि अन्य कडा कारवाही हुने सचिव रेग्मीको भनाइ छ । केही जिल्लामा क्वारेन्टाइनमा बसेका व्यक्ति भागेको, लापरवाही गरेको पाइएकाले जोखिम बढ्न सक्ने देखिएको भन्दै समितिले त्यस्तो निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट