रामेछाप जिप दुर्घटनाका २ जना घाइतेको उपचारका क्रममा मृत्यु – ३० जना गम्भीर घाइते

 अनलाइनखबर पाटी     १८ चैत्र २०७६, मंगलवार

कोपिला कार्की – चैत्र १८, रामेछाप | रामेछापको राकाथुम–१ माझीगाउँमा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार जिप दुर्घटनामा घाइते भएकी दोरम्बा गाउँपालिका–२ की संगीता पहरी र अर्का एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक पुरुषको पहिचान नखुलेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । संगीताको धुलिखेल अस्पताल र मृतक पुरुषको शिर मेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौंबाट रामेछापको दोरम्बा गाउँपालिकातर्फ जाँदै गरेको बा १४ च ९४९८ नम्बरको जिप मंगलबार बिहान करिब ५ बजे राकाथुमको माझीगाउँ नजिकै दुर्घटना हुँदा ३० जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *