कोरोनासँग मिल्ने लक्षण देखिएका बिरामीको तामाकोशी अस्पतालमा मृत्यु

 अनलाइनखबर पाटी     २६ चैत्र २०७६, बुधबार

मन्थली – रामेछापमा कोरोनासँग मिल्दो लक्षण देखिएका एक जना विरामीको मृत्यु भएको छ । ज्वरो आएपछि उनी ४ दिन देखी मन्थली स्थित तामाकेशी अस्पतालमा उपचाररत थिए । गेलु निवासी ६० बर्षिय बृद्धको उपचारकै क्रममा मृत्यु भएको हो ।

कोरोना भाईरससँग मिल्दो लक्षण देखिएकाले मृतकको स्वाब परिक्षणको लागि धुलिखेल अस्पताल पठाईएको पत्रकार दिपक भट्टले जानकारी दिए । अस्पताल श्रोतका अनुसार मृतकको लक्षण हेर्दा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो देखिएकाले स्वाब परीक्षणका लागि धुलिखेल पठाईएको हो ।

यो खबर साझाबोलि डट कममा लेखियको छ |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *