ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले लकडाउन प्रभावितलाई राहत वितरण

 अनलाइनखबर पाटी     २ बैशाख २०७७, मंगलवार

ओखलढुंगा | ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आफ्नो पालिकाका वडाहरुमा खाद्यान्न वितरण गर्न थालेको छ । विश्वभर आतंक मच्चाईरहेको कोरोना भाईरसको संक्रमणको आशंकामा देशव्यापी रुपमा लकडाउन जारी रहेको छ । लकडाउन जारी रहेको बेला असंगठीत क्षेत्रमा कार्यरत रहेका श्रमिकहरुलाई खाद्यान्न अभाव हुन नदिनका लागि नगरपालिकाले खाद्यान्न राहत वितरण गर्न थालेको हो ।

ओखलढुङ्गा जिल्लामा रहेको आठओटा स्थानीय तहहरुमध्ये जिल्लामा नै पहिलो पटक सिद्धिचरण नगरपालिकाले राहत वितरण सुरुवात गरेको हो । बैशाख १ गते शोमबार नगरपालिकाले वडा नं. ११ का ४५ घरधुरीलाई वडामा नै लगेर राहत वितरण गरेको हो । संघीय सरकार र प्रदेश सरकारले जारी गरेको लकडाउनको कारण असंगठित क्षेत्रमा कार्यरत  श्रमिक तथा असहायहहरुलाई दैनिक जीवनयापनको लागि राहत उपलब्ध गराउने सम्बन्धी मार्गदर्शन २०७६ अनुसार श्रमिकहरुलाई राहत वितरण सुरुवात गरेको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले अनलाइखबर पाटीलाइ जानकारी दिनुभयो ।

नगरप्रमुख श्रेष्ठका अनुसार शोमबार देखी सुरुवात गरेर विहिबार सम्म नगरपालिकाका सबै वडामा राहत वितरण गरिसक्ने नरप्रमुख श्रेष्ठको भनाई छ । पहिलो चरणमा सिद्धिचरण नगरपालिकाले ५ सय ३४ घरधुरीलाई राहत वितरण गर्नेछ ।  नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ, उपमेयर इच्छाकुमारी गुरुङ तथा वडा नं. ११ का वडा अध्यक्ष विनोदकुमार केसी लगायतले वडा नं. ११ का विभिन्न स्थानमा पुगेर राहत वितरण गर्नुभएको थियो । संघिय सरकार र प्रदेश सरकारको मार्गदर्शनका आधारमा नगरपालिकाले आफ्नै मापदण्ड बनाएर लकडाउन प्रभावितहरुलाई राहत वितरण गरेको हो ।

नगरपालिकाले उपलब्ध गराएको राहतमा दुई जनासम्म सदस्य भएका परिवारलाई चामल १० केजी, दाल १ केजी,  नून १ केजी र तेल आधा लिटर रहेको छ ।  त्यस्तै तीन जना देखि पाँचजनासम्म सदस्य भएको परिवारलाई चामल १५ केजी, दाल १.५ केजी,  नून १ केजी र तेल १ लिटर तथा पाँचजना भन्दा बढी सदस्य भएका परिवारलाई चामल २० केजी, दाल २ केजी, नून १ केजी र तेल १.५ लिटरका दरले उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट