कांग्रेसको प्रश्न: पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन?

 अनलाइनखबर पाटी     ५ बैशाख २०७७, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले लकडाउनका कारण अफ्ठ्यारोमा परेर पैदलै गाउँ फर्किरहेकाहरुलाई सुरक्षित रुपमा गाउँघरसम्म पुर्‍याउन सरकारसँग आग्रह गरिरहेको छ।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन जारी लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढंगले गाउँ पु¥याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग आवश्यक पर्ने उल्लेख छ। ‘सडकमा हिँडिरहेका श्रमिकको सरकार यो देशमा छ कि छैन रु’ शर्माले प्रश्न गरे ‘कोरोनाले बच्ने, भोकले मर्ने ? सरकार १ पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?’

कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि नभएको विज्ञप्तिमा उल्लेख छ। ‘गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको छ। तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौँ- अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ?’, प्रवक्ता शर्माले भने, ‘आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न।’

उनले नागरिकलाई कोरोनाको संक्रमणबाट जोगाउन परीक्षणको दायरा व्यापक बनाउन र भोकमरीबाट जोगाउन पर्याप्त राहतको व्यवस्था गर्न सरकारलाई अपिल गर्दै सचेत समेत गराएका छन्।

‘अघिल्तिरको स्थिति देखिन्छ भने देख्नुपर्‍यो सरकार। सुनिन्छ भने सुन्नुपर्‍यो, बुझिन्छ भने बुझ्नुपर्‍यो’, प्रवक्ता शर्माले भने, ‘गम्भीर परिस्थितिको गहिरो समीक्षा गर्दै उच्च व्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, सङ्कटमा साथ रहेको प्रतिपक्षि दल सरकारलाई सचेत गराउँदछ।’

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *