१३ बर्षीय बालिकालाइ ६० बर्षीय फुपाजुले यसरी गरे पटक-पटक बलात्कार

 अनलाइनखबर पाटी     ९ बैशाख २०७७, मंगलवार

बैशाख-९ दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेमा १३ वर्षिया बालिका बलत्कृत भएकी छिन । दुई पटक बलात्कृत भइसके कि ती बालिकाले तेस्रो पटक पनि बलात्कृत भएपछि घटना सार्वजनिक गरेकी हुन् ।

६० वर्षिय फुपाजु बाट पटक–पटक बलत्कार भएपछि उनको आफन्तबाट तथ्य सार्वजनिक गरिएको हो । आफ्नै श्रीमतिकी भदैनीलाई तेस्रो पटक जवरजस्तीकरणी गरे आरोपमा प्रहरीले  गिरफ्तार गरेको छ ।

गत फागुनमा दुई पटक बलत्कारको शिकार भइसकेकी ति बालिका तेस्रो पटक वैशाख ५ गते पनि बलात्कारको शिकार भएकी थिइन् । उनलाई ६० वर्षिय ति बृद्धले जंगलमा बाख्राबस्तु चराउन गएका बेला वैशाख ५ गते तेस्रो पटक जवरजस्ती करणी गरेपछि घटनाको रहस्य बाहिरिएको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ ।

बलात्कृत भएकी ति वालिका खाना नखाने र एकोहोरो भएर टोलाउने भएपछि परिवारका सदस्यले सोधखोज गर्दा उनले घटनाको यथार्थता बताएकी थिइन् ।

आरोपितलाइ प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्नका लागि दोलखा जिल्ला अदालतले १० दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *