सामाजिक दुरी कायम गर्दै बानेश्वरमा सरकार बिरुद्ध प्रदर्शन

 अनलाइनखबर पाटी     ११ बैशाख २०७७, बिहीबार

काठमाडौं। प्रतिपक्ष दल नेपाली काँग्रेका नेता रञ्जीत कर्णको नेतृत्वमा बानेश्वर संसद भवनको दक्षिण गेट अगाडि सरकारले ल्याएको अध्यादेश खारेज र लोकतन्त्रको सम्मानमा प्रदर्शन भएको छ ।

सामाजिक दुरि कायम गर्दै गरिएको प्रदर्शनमा बिधार्थी नेता क्षितिज भण्डारी, ऋषि कोइराला, संजिब निरौला, योगेश भट्ट, बिनोद शाही ठकुरी, महेन्द्र राज, भुपेन्द्र जोशी लगायत १ दर्जन भन्दा बढि युवाहरु उपस्थित थिए। प्रदर्शनको संयोजन नेबिसंघ नेता ई भुवन भट्टले गरेका थिए ।

संबिधानको मर्म बिपरित ल्याइएका लोकतन्त्र बिरोधी अध्यादेश खारेज गर, लोकतन्त्र जिन्दाबाद, भ्रष्टाचारीलाई कार्बाही गर, गरिब जनतालाई खान दे, नालायक सरकार मुर्दाबाद , श्रमिकहरुलाई राहात दे, लगायतका नारा लगाउँदै प्रदर्शन भएको थियो।

लोकतन्त्र दिवसको दिन लोकतन्त्रमाथि प्रहार गर्ने बर्तमान सरकारका बिरुद्ध लडकाउनमा समेत सामाजिक दुरी कायम गरि प्रदर्शनमा उत्रिनु परेको नता कर्णले बताए । जब लोकतन्त्र माथि संकट पर्दा जस्तो सुकै संघर्ष गर्न पछि हट्दैनौ भन्ने सन्देश दिन प्रदर्शनमा आएको उल्लेख गर्दै कर्णले बर्तमान सरकारले ल्याएको अध्यादेश तत्काल खारेज गर्नुपर्ने अन्यथा थप शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट