दोलखाको तामाकोशी नदि अबैध उत्खनन – कसले गर्ने कारवाही?

 अनलाइनखबर पाटी     १५ बैशाख २०७७, सोमबार

शोभित उप्रेती – वैशाख १५ दोलखा | दोलखाको तामाकोसी नदीमा नदीजन्य बस्तुको निरन्तर दोहन गरिरहेका छन् । विभिन्न सञ्चार माध्यमा समय समयमा ब्यापक नदी दोहन भइरहेको समाचार आइरहदा पनि स्थानीय सरकार मौन देखिन्छन | जिल्ला प्रशान कार्यालय दोलखाले नदी दोहन रोक्नका लागि बिगतका समयमा केहि निर्देशन दिए पनि निर्माण ब्यवसायिले अटेर गरेर नदीजन्य बस्तुको दोहन गरिरहदा हाल प्रशान मौन छ ।

दोलखाको तामाकोसी नदीको धार समेत परिवर्तन हुने गरि नदीजन्य बस्तुको दोहन  भैरहेको छ | सरकारले महामारीको यो विषम परिस्थितिमा कोरोना भाइरस रोकथामका लागि लक् डाउन गरेता पनि तामाकोशी नदि आसपासका क्षेत्रहरुमा भने बन्द बन्दीको उल्लङ्घन गर्दै दर्जन सवारीसाधन र स्काइभेटरहरु प्रयोग गरि नदि उत्खननका कार्य भैरहेको स्थानीयको गुनासो छ |

नदी संरक्षण गर्नु सबैको दायित्व भएकाले नदी दोहन गर्ने छुट कसैलाई पनि नभएको हुँदा नदीजन्य बस्तुको ब्यापक दोहन गरिरहँदा जिल्ला प्रशासन कार्यालय दोलखा र स्थानीय सरकारले बेवास्ता गरेको समेत स्थानीयले आरोप लगाए छन् ।

सर्वसाधारणलाइ हिडडुल गर्न समेत सरकारले गरेको लक् डाउनले गार्हो बनाएको बेला निर्धक्कसँग नदीको ढुङ्गा, गिटी निकालेर अवैधानिक रुपमा कारोवार गर्नेलाई जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले टुलुटुलु हेरेर बस्न नमिल्ने र तत्काल कारवाही गर्नु पर्ने स्थानीयको माग छ ।

 

 

 

 

 

 

 

 

बन्दा बन्दीले छुन नसकेको तामाकोशी नदीमा दैनिक दर्जनौ ट्रीपर र स्काइभेटरहरु नदि उत्खननमा प्रयोग भइरहेका छन | सरकारले गरेको लक् डाउन उल्लङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउने प्रशासनको समेत नजर पुग्न नसक्दा अबैध उत्खनन बढिरहेको हो |

समयमा नै नियमानुसार सम्बन्धित कार्यालयले निमयमन गर्नु पर्ने देखिन्छ |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट