बालश्रमको अस्तित्त्व देशको अल्पविकासको प्रतिविम्ब हो
अनलाइनखबर पाटी ३१ जेष्ठ २०७७, शनिबारराजन बस्नेत- दोलखा ३१ जेष्ठ । कोरोना महामारीले गर्दा बिश्व आक्रन्त बनिरहेको बेला बाल अधिकार कर्मी बस्नेत ले बालश्रमको अस्तित्त्व देशको अल्पविकासको प्रतिविम्ब भएको बताएका छन् ।
बिश्व बाल श्रम दिवस को अबसर मा बस्नेत ले बालबालिकाअधिकार कर्मी बस्नेत का अनुसार : शारीरिक वा मानसिक कार्यलाई श्रमको रुपमा परिभाषित गरिन्छ। बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रमसँग सम्बन्धित छ। बालश्रमिकको रुपमा काम गर्ने बालबालिका समग्रमा अशिक्षित, असजग र गरिब परिवारका पाइन्छन्। बालश्रमले बालबालिकालाई उनीहरूको भविष्य राम्रो बनाउन अपरिहार्य शिक्षाबाट वञ्चित गराउँदछ। किनकी बालश्रमको कारणले बालबालिकाले शिक्षाबाट हासिल गर्नुपर्ने ज्ञान, तालिम र सीप गुमाउँदछ।
बालश्रम एक गम्भीर र ज्यादै विस्तृत समस्या हो र स्वत: नेपालमा पनि। यो समस्या अझसम्म रोकिएको छैन र निरन्तर विस्तृत भइरहेको छ। बालबालिकालाई रोजगार दिने मालिकहरूले उनीहरूलाई अति न्यून ज्याला दिई शोषण गर्दछन्। उनीहरू विद्यालय शिक्षाबाट वञ्चित छन्।
कुनै पनि देशको विकास उसका बालबालिकाको कति संख्याले बाल अधिकार पाएका छन् भन्ने आधारमा देखिन्छ र देशको भविष्य पनि तिनै बालबालिकाको भविष्यमाथि निर्भर रहन्छ जुन बालबालिकाले भोलि देशविकासको अभिभारा आफ्नो काँधमा लिन्छन्। तर दु:ख लाग्दो छ कि नेपालमा धेरै जनताले अत्यन्तै गरिबीको जीवन जिउनु परेको छ । यो अवस्थाले बालबालिकालाई जीवनको प्रारम्भिक अवस्थादेखि नै बाँच्नका लागि कडा परिश्रम गर्न वाध्य पारेको छ।
विभिन्न गोष्ठी, सभा र सेमिनारमा गरिबी निवारणका कुराहरू गरिन्छन् तर विशेष सुधार भने भएको देखिंदैन। अनि देशको दुर्भाग्य रहिरहन्छ र बाल कामदारहरुले आफ्नो जीवन र भविष्यको ठूलो अनिश्चितता बीच डर र कहाली लाग्दो जीवन बाँच्नु परिरहेको छ। उनीहरू निरक्षरता, शिक्षाको कमी र गरिबीका कारण जताततै ठगिन्छन् र शोषित भई जीवन कठिन हुन्छ।
वर्षौदेखि नै बालश्रम सामन्ती अर्थतन्त्रको उपजको एक स्वरुप रहँदै आएको छ। बिश्व का केहि देशहरु मध्ये जस्तै नेपालमा पनि ग्रामीण समुदाय सामाजिक अन्याय, आर्थिक शोषण, पिछडिएको र अभावमा गुज्रिरहेको छ।
गरिबी निवारण, शिक्षा र साक्षरताका कार्यक्रमहरूलाई सफलतापूर्वक र प्रभावकारी रुपमा परिचालन र कार्यान्वयन गर्नुपर्दछ।
.गरिबी निवारण, शिक्षा र साक्षरताका कार्यक्रमहरूलाई सफलतापूर्वक र प्रभावकारी रुपमा परिचालन र कार्यान्वयन गर्नुपर्दछ।
. देशको ग्रामीण भेगको संकटमय बेरोजगारी समस्या हटाउनु पर्दछ।
. बालबालिकाको शिक्षाको महत्वप्रति असजग अभिभावकहरूलाई यसको महत्व बुझाउनु पर्दछ।बालबालिकाप्रति बेवास्ता गर्ने, गलत र दुर्व्यवहार गर्ने (खासगरी सौतेनी बाबु-आमाहरु), निरुत्साहित गरी उनीहरूलाई बालबालिकाको उचित हेरचाह र अभिभावकले पूरा गर्नुपर्ने दायित्व र भूमिका निर्वाह बोध गराउनु पर्दछ।
. संचार माध्यमहरूमा विशेष बालबालिका अभिमुखी र व्यवहारिक कार्यक्रमहरूद्वारा उनीहरुको हितलाई बढावा दिने कदमहरू चाल्नु पर्दछ।
. वर्तमान समयमा बालबालिकाको लागि शिक्षा अभिभावकको औसत आयको पहुँच बाहिर पुगेकोले व्यापारमुखी हुँदै गएका निजी शैक्षिक संस्थाहरूलाई सेवामुखी हुन जोड दिनु पर्दछ।
. बालशोषण विरूद्ध जनचेतना जगाउने कार्यहरू गरिनु पर्दछ। गैरसरकारी संस्था र स्थानीय समुदायले बालबालिकाको संरक्षणको लागि बालश्रमको विरुद्धमा र बालअधिकारको पक्षमा आमचेतना जगाउन दबाब समूहको रुपमा भूमिका खेल्नु पर्दछ।
. बालश्रमको विरुद्धमा र बालअधिकारको पक्षमा ऐन कानुनको सफल र प्रभावकारी कार्यान्वयन र सकारात्मक सामाजिक प्रयास तथा भूमिकाको निर्वाह हुनुपर्दछ।
बालश्रमको अस्तित्त्व देशको अल्पविकासको प्रतिविम्ब हो। देश विकासमा समाजको जीवन्त भूमिका रहन्छ। समाजको धेरै महत्वपूर्ण र अत्यावश्यक भूमिका रहन्छ। बालबालिका भनेको समाजको एक महत्वपूर्ण सारभूत (Essential) भाग हो तर हाम्रो समाजमा यो भागको यति बेवास्ता गरिन्छ कि जसले गर्दा हामीकहाँ बालश्रमको ज्यादै गम्भीर समस्या छ। हुन त सरकारी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (NGOs and INGOs) देशमा बालबालिकाको कल्याणका लागि काम गरिरहेका तथा विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेका छन् तर ती उनीहरूको अवस्था सुधार गर्न सफल हुन सकेका छैनन्। त्यस्तै हिजोआज बालश्रमका विरुद्धमा थुप्रै अभियानहरू ल्याइएका, नियम कानुनहरू बनाइएका छन् तर तिनले अझै सही ढंगले काम गरिरहेका छैनन्। यसकारण यहाँ बालबालिकाको कल्याणको लागि सबै औजारहरूको सबल ढंगले लागु गर्नु आवश्यक छ। सामाजिक र कानुनी प्रयासहरू गरिनु पर्दछ। सबै नागरिक र पक्षहरू चेतनशील हुनुपर्दछ र सबैले बालविकास र कल्याणका लागि आफ्नो जिम्मेवारी पूरा गर्न, यथार्थ बोध गर्न र सफलतापूर्वक भूमिका खेल्नु पर्दछ।
लेखक बस्नेत लामो समय बालबालिका को क्षेत्रमा क्रियाशील बाल अधिकार कर्मी हुन् ।
Leave a Reply