दोलखाको पवटीमा भएको बस दुर्घटनाका डेढ दर्जन घाइतेको चरिकोटमा उपचार हुँदै (फोटो फिचर)

 अनलाइनखबर पाटी     ३ श्रावण २०७७, शनिबार

श्रावण ३ दोलखा । दोलखाको मेलुङ गाउँपालिका–१, पवटीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ महिला सहित ४ जना गम्भीर घाइते भएका छन् ।

शनिबार बिहान १७ जना यात्रु बोकेर पवटीबाट चरिकोटतर्फ आउँदै गरेको बा५ख ६५९० नम्बरको बस दोलखाको पवटीस्थित सिम्टेमा दुर्घटना हुँदा २ महिला सहित ४ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका निमित्त प्रमुख असई राजकुमार दुलालले जानकारी दिए । बस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीको भनाई छ ।

गम्भीर घाइतेमध्ये ३ जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याईएको र एक महिलाको बसले हात च्यापिरहेकोले निकाल्न केही समय लगेको  असई दुलालले जानकारी दिए । सामान्य घाइते भएको अन्यलाइ पनि सोही अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।

  • बसले हात च्यापिएकी महिला मेलुङ गाउँपालिका–१, पवटीकी गोमा लकाई रहेकी छिन् । उनलाई जेसीबीको माध्यमबाट गाडीलाई उठाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त गौरीशंकर यातायातका चालक र सहचालक सम्पर्कविहीन रहेको र गाडी धनीको समेत खोजी भईरहेको असई दुलालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट