१४ औं महाधिवेशनको केन्द्रिय सदस्यमा नेता काफ्लेको दाबी

 अनलाइनखबर पाटी     १४ श्रावण २०७७, बुधबार
शोभित उप्रेती – दोलखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति तय भएसँगै कांग्रेस निकट नेता तथा कार्यकर्ताले आफ्नो उम्मेद्वारी कुन पदमा हुने भन्ने कुरा सार्वजनिक गरिरहेका छन् । १४ औं महाधिवेशन लागि नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले आफ्नो उम्मेद्वारी केन्द्रीय सदस्यमा रहने दाबी गरेका छन् ।

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा महामन्त्री पदमा विजय हासिल गरेका कुन्दनराज काफ्लेले अब भातृसंगठनबाट केन्द्रीय राजनीति गर्ने निधो गरेका हुन् । अनलाइनखबर पाटीसँग कुरा गर्दै महामन्त्री काफ्लेले भनेका छन,कुन पदमा उठ्ने भन्नेबारे छलफल हुन्छ । यो घर जग्गा किने जस्तो सजिलो छैन । तर पनि मेरो उम्मेद्वारी केन्द्रीय सदस्यमा रहनेछ उनले भने ।

काफ्ले कृष्ण प्रसाद सिटौला पक्षका विद्यार्थी नेता हुन् ।  कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षले नेतृत्व परिवर्तन गर्नु पर्ने माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट