दोलखाका बजारहरूमा मानिसको भिडभाडले बढायो कोरोनाको जोखिम

 अनलाइनखबर पाटी     १७ श्रावण २०७७, शनिबार

प्रज्वल थापा – साउन १८ दोलखा | नेपलामा केहि दिनदेखि लकडाउन खुकुलो भएसंगै  कोरोना भाइरसको कारणले दिनहुँ जसो मानिसको मृत्यु भैरहेको घटना सार्वजनिक भएपनि दोलखाका बजारहरुमा मानिसहरुको भिडभाड बढेपछी कोरोना भाइरसको जोखिम बढ्दै गएको हो।

दोलखाका बजारहरुमा सावधानी नअपनाई मानिसको चहल पहल असाध्यै बढेको र कतिपय मानिस मास्क बिना नै बजार देखिने गरेको कारणले कोरोनाको जोखिम बढ्दै गएको हो |

कोरोना भाइरसको संक्रमणलाई रोक्न विज्ञहरुले एक मानिससँग एक मिटर भन्दा बढीको दूरी बनाएर रहन सुझाव दिने गरेपछि अहिले भिडभाडले त्यसलाई खासै वास्ता गरेको देखिदैन |

बजारको भिडभाडमा कुनै एक कोरोना संक्रमित भएको मासिन पुग्दा उसले अन्य मानिसलाई सजिलै असावधानीले संक्रमन फैलाउन सकिने अवस्था रहेपनि बजारहरुमा मानिसहरुको चहलपहलले कोरोना संक्रमणको भयावह हुन सक्ने देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय  र स्थानीय तहहरुले समयमा नै यस विषयमा गम्भीर भएर लकडाउन लगाउन तर्फ ध्यान दिन जरुरी रहेको दोलखाका एक व्यवसायी शिब बहादुर कार्कीले बताएका छन्।

सदरमुकाम चरिकोटका बजारमा आउने धेरैजती  मानिसहरु मास्क प्रयोग नगरेर नै आउने गरेको र एक मानिसले अर्को मानिससँग हात मिलाउने, नजिकै बसेर कुरा गर्ने, होटलहरुमा चिया कफीसंगै गफ्फिने लगाएतको लपरवाहीले गर्दा कोरोना संक्रमणको जोखिम बढेको उनले बताए ।

सरकारले कोरोनाबाट जोगिन आवश्यक स्वास्थ्य सावधानी अपनाएर उद्योग, कल कारखाना, पसल, डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरे पनि यसको बेवस्ता गर्दे मानिसहरु बजारमा निर्धक्क रुपमै देखिने गरेका छन्।

जिल्लाको सदरमुकाम समेत रहेको चरिकोट तथा जिरी, तामाकोशी, सिंगटी, मैनापोखरी, मलुखोला लगाएत अन्य बजारहरुमा सतर्कता नअपनाएर नै मानिसहरुको भिडभाड देखिएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको नेतृत्वमा साउन १६ गते सदरमुकाम चरिकोट बजारहरुमा मानिसहरुको चहलपहल बढेकोले र त्यसलाई नियन्त्रण गर्न माक्स वितरण गर्दै सरकारको निर्देशन पालना गर्न अपिल गरेको थियो | यद्दपी अहिले त्यसले सार्थकता पाउन सकेको छैन |

दोलखाका मुख्य बजारहरुमा चहलपहल कम गर्न स्थानीय तह लगाएतका सरोकारहरुसँग तत्काल  छलफल गरि थप कडाइको व्यवस्था गर्नु पर्ने देखिन्छ |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *