गाउँपालिकाका अध्यक्ष खड्का अपहरण तथा शरीर बन्दकको उजुरीमा पक्राउ

 अनलाइनखबर पाटी     ३० श्रावण २०७७, शुक्रबार

साउन ३०, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाइ पहारीले पक्राउ गरेको छ | अध्यक्ष खड्का माथि सात दिन म्याद थपेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । व्यक्ति अपहरण तथा शरीर बन्दकको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापले खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले खड्कालाई व्यक्ति अपहरण र शरीर बन्धकको उजुरीको आधारमा पक्राउ र जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको बताउनुभयो । उहाँका अनुसार उजुरीको आधारमा खड्कासँगै लिखुत तामाकोसी गाउँपालिका–५का लालबहादुर तामाङलाई पनि पक्राउ गरिएको छ ।

लिखु तामाकोशी गाउँपालिको केन्द्र रहेको धोबी बजार सडक ग्रावेल तथा नाला निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई साउन २१ गते गाउँपालिकाकै कार्यालयमा बन्धक बनाएर अध्यक्ष खड्काले जबरजस्ती खाली चेकमा हस्ताक्षर गर्न लगाएको आरोप लगाइएको छ ।

प्रहरी प्रमुख पाठकका अनुसार अध्यक्षको विरुद्ध ठगी गरेको, शरीर बन्धक गराएको र स्थानीय उपभोक्तालाई धम्की दिएको गरी तीन वटा मुद्दा दर्ता भएको छ ।

गाउँपालिकाभित्र बिद्युतीकरणको विषयलाई लिएर भएको विवादको कारण अझै समस्या समाधान हुन सकेको छैन् । गत बर्षको बजेट नै नआउने अवस्था सृजना भएपछि रामेछापका प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठको गठित कार्यदलले बर्षको अन्तिममा बार्षिक बजेट ल्याउन सफल भएको थियो । यस बर्ष समयमै बजेट ल्याए पनि कार्यान्वयनमा अझै कार्यपालिकामा सहमति जुटिसकेको छैन् ।

काठमाडौंको गोली काण्डमा उपाध्यक्ष दिपशिखा दाहाल वडा अध्यक्ष सुवास बोहोराकै विरुद्ध अदालतमा अध्यक्ष खड्काले अपहरण गर्न लगाएको आरोप लगाउदै मुद्दा हालेका थिए । त्यसपछि नेकपाले जिल्ला कमिटीका सदस्य रहेका खड्कालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो । खड्काको कारवाही पार्टीले अझै फुकुवा गरेको छैन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *