यता किसान मारमा उताबर्स भरिको आलु खोरमा कहिले सुद्रिने यातयात ब्यबस्था ?

 अनलाइनखबर पाटी     ७ भाद्र २०७५, बिहीबार

 भदौ- ३ ,दोलखा । दोलखा जिल्लामा कृषि उत्पादनको दृष्टिले हेर्दा आलु खेतिको योगदान निकै उच्च रहेको छ ।
खासगरी खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको यो जिल्लाले बर्षेनी करोडौंको आलु उत्पादन गरी निर्यात गर्ने गर्दछ । अर्गानिक आलु भनेर चिनिने यो आलु तथा अन्य मौसममा बेसिँ क्षेत्रमा उत्पादन गरिने आलु गरी दुवै किसिमका आलुको मुख्य बजार भनेको काठमाण्डौं उपत्यका नैं हो । आलु सँकलकहरुले दोलखाका आलुलाई किसानवाट सँकलन गरेर काठमाण्डौं हुँदै मुलुकका अन्य ठूला बजारसम्म पनि पु¥याउने गरेका छन् ।

जिल्लामा उत्पादन हुने आलुको ठूलो हिस्सा उच्च लेकाली क्षेत्रमा उत्पादन हुने बर्षे आलुको छ । हिउँदमा रोपेर जेठ, असारमा खनिने आलु खेतिलाई बर्षे आलु भनिन्छ । जिल्लाको खावा क्षेत्रमा आलु सँकलन गर्दै गरेका स्थानीय सँकलक एबम् किसान डिल्लिवहादुर तामाङका अनुसार दोलखाको आलु सिधै कालिमाटीको थोक विक्रेताकोमा पु¥याउने गरिन्छ । यो बर्ष विगतको तुलनामा आलु उत्पादनमा बृद्धि भएपनि मूल्य भने बढ्न सकेको छैन । आलु पकेट क्षेत्रको रुपमा चिनिने जिरी र खावा क्षेत्रमा प्रति किलो ३० देखि ३३ र शैलुङ क्षेत्रमा प्रति किलो २३ देखि २५ रुपैयाँ सम्ममा किसानले आलु विक्रि गर्दै आएका छन् ।

दोलखाको आलुको देशैभर उच्च माग

भौगोलिक दृष्टिले उच्च क्षेत्र अर्थात लेकमा बसोबास गरेका दोलखाका किसानहरु व्यवसायीक आलु खेतिमा जुटेका छन् । उनीहरुले हिउँदमा रोपेर बर्षा याममा उत्पादन गर्ने अर्गानिक आलुको काठमाण्डौं उपत्यका लगायत देशैभर उच्च माग छ । जिल्ला विकास कार्यालय दोलखाका अनुसार पछिल्लो तीन वर्षको अनुपातलाई हेर्दा सबैभन्दा बढी गत आर्थिक वर्ष २०७४/७५ मा ३ हजार ५० हेक्टर क्षेत्रफलबाट ५४ हजार ९ सय मेट्रिक टन आलु उत्पादन भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७३/७४ मा ३ हजार क्षेत्रफलमा आलु खेती गरिएकोमा ५४ हजार मेट्रिक टन आलु उत्पादन भएको छ भने २०७२/७३ मा ३ हजार क्षेत्रफलबाट ४५ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । जिल्लामा बार्षिक सरदर ३ हजार ५० हेक्टर क्षेत्रफलमा लगाईएको आलु खेतिवाट करिव ५४ हजार ९ सय मेट्रिक टन आलु उत्पादन हुने गरेको जिरी नगरपालिकाका कृषि अधिकृत नेत्रमणी काफ्लेले जानकारी दिनुभयो ।

सडकको दुराबस्थाका कारण समस्या

आलु पकेट क्षेत्रकै रुपमा चिनिने कालिन्चोक क्षेत्रका किसानले पनि भनेजस्तो मूल्य पाउन सकेका छैनन् । यो बर्ष शैलुङ र भेडपु क्षेत्रका आलु किसानहरुले भने उत्पादनमा ह्रास आएको र सडकको दुरावस्थाका कारण न्यून मुल्यमा विक्रि गर्नु परेको मेलुङ गाउँपालिका ४ भेडपूका अगुवा किसान सुकवहादुर तामाङको गुनासो छ । जिल्लाको सवैभन्दा बढी आलु उत्पादन हुने क्षेत्र शैलुङका किसानहरु भने सडकको दुरावस्थाकै कारण चिन्तित छन् ।

ग्रामिण सडकको दुरावस्थाका कारण किसानले बजार भाउ अनुसार आफ्नो उत्पादन विक्रि समेत गर्न पाएका छैनन् । कृषिका लागि अरवौं बजेट विनियोजन हुँदै आए पनि दोलखा जस्तो उच्च हिमाली क्षेत्रका व्यवसायीक आलु किसान सम्म सरकारी सहयोग र अनुदान पुग्न सकेको छैन ।

निकै कडा मेहनेत र परिश्रम गरेर उत्पादन गरेको आलुलाई यातायातका कारण सहजै बजारसम्म पु¥याउन नसकेपछि उनीहरु बर्षेनी निराश हुँदै आएका छन् । शैलुङ गाउँपालिका वडा नम्बर ८ घर भएका स्थानीय आलु सँकलक जितवहादुर विस्वकर्मा पनि आलुले उचित बजार भाउ नपाउनुमा सडकलाई दोष दिँदै निकै दुखेसो पोख्नुहुन्छ । सरकारले बर्षेनी व्यवसायीक खेति र कृषिका लागि अरवौं बजेट विनियोजन गर्दैै आए पनि दोलखा जस्तो उच्च हिमाली क्षेत्रका व्यवसायीक आलु किसान सम्म सरकारी सहयोग र अनुदान पुग्न सकेको छैन ।अझ ग्रामिण सडकको दुरावस्थाका कारण किसानले बजार भाउ अनुसार आफ्नो उत्पादन विक्रि समेत गर्न पाएका छैनन् । किसान र समग्र जिल्लाको आर्थिक समृद्धिमा टेवा पु¥याउने व्यवसायीक आलु खेतिको प्रवद्र्धन र बजारीकरणमा अव स्थानीय सरकारले पनि पहल गर्नुपर्ने बेला आएको छ ।

भण्डारणमा ध्यान दिन बिज्ञको सुझाव

कृषि विज्ञहरुले उचित ढंगले आलु भण्डारण नगर्दा आलु कुहिने र पुत्ला लाग्ने समस्या देखिने भन्दै आलु भण्डारणमा विशेष ध्यान दिन आग्रह गरेका छन् । चोट नलागेको आलुलाई घाम नलाग्ने उज्यालो ठाउँमा एक दुई दिन फिँजाएर राख्ने र ओभानो भएपछि भण्डारण गर्ने गर्नुपर्छ । भण्डारणको लागि घाम नलाग्ने र हावा ओहोरदोहोर गर्ने स्थान तथा माटोको घर उपयुक्त हुने कृषि विज्ञहरुको भनाई छ । आलु खन्ने बेलामै चोट नलागोस् भनेर विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । यदि सिमेन्टको घर छ भने मान्द्रो, गुन्द्री या काठको भकारी बनाएर राख्दा आलु विग्रिनबाट जोगिन्छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट