नेपालमा हालसम्मकै सर्बाधिक १०१६ जनालाइ कोरोना संक्रमण पुष्टी

 अनलाइनखबर पाटी     २ भाद्र २०७७, मंगलवार

काठमाडौँ | नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ । कोरोना पुष्टि भएकाहरुमध्ये १७ हजार ५ सय ८० जना निको भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सोमबार साँझसम्म ५ लाख ४२ हजार ८ सय ६६ पीसीआर परीक्षण भएको छ । यसैबीच कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट