दोलखामा प्रहरीकै अगाडी काङ्ग्रेसले यसरी जलायो पुत्ला – फोटो फाइल

 अनलाइनखबर पाटी     २१ भाद्र २०७७, आईतवार

शोभित उप्रेती – भाद्र २१ दोलखा । दोलखामा सर्वसाधरण नागरिकलाई सत्ता र शक्तीको दुरुपयोग गरि मुद्धा लगाएको बिरोधमा नेपाली कांगे्रसले निकालेको जुलुसमा प्रहरी दमन भएको छ ।

राजनैतिक प्रतिशोधका आधारमा साविकको भेड्पु गाविस १,२ र ३ वडाको लागी रातो किताबमा परेकोे खानेपानी आयोजना अन्यन्त्र दिने निर्णय गरेपछि बिरोध स्वारुप ज्ञापनपत्र बुझाउने सर्वसाधरण नागरिकलाई उपद्रोह मुद्धा लगाएर गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठले थुनाएकाछन ।
प्रहरी दमनको बाबजुत पनि नेपाली कांगे्रसका नेता तथा कार्याकर्ता प्रहरी चौको ढोकामै निरंकुशताको पुल्ला दहन गरेकाछन। पुत्ला दहन पछि फिर्ता भएका कांगे्रसका नेता तथा कार्यकर्तालाई एक्कासी प्रहरीले लाठीचार्ज गरेको कांगे्रस नेता कुमार भुजेलले बताए।
नेपाली कांगे्रसको पार्टी कार्यालयबाट बर्मा लामा ,बाबुकाजी बस्नेत ,ईश्वर मानन्धर, कुन्दन काप्mले ,सन्तोष रिमाल, बालकृष्ण आचार्य सहितको टोली नारा जुलुस गर्दै जनतालाई पानी खान दे सरकार भन्दै सातदोबोटे आइ पूग्यो । तरकारी बजारबाट नेता कुमार भुजेल नेतृत्वमा राँके जुलुस , बस पार्कबाट नेता राकेश श्रेष्ठको नेतृत्वको राँके जुलुस र नेता राजु लामा को नेतृत्वमा पेटोल पम्पबाट राँके जुलुस आएको थियो । एक्कासी चारै तिरबाट आएको जुलुसले अन्योलमा परेको दोलखा प्रहरीले पुल्ला दहन गरेपछि लाठीचार्ज गरेको नेता बर्मा लामाले बताए ।
प्रहरीको लाठीचार्जबाट तरुणदल जफेका अध्यक्ष महोन बस्नेत ,नेपाली कांगे्रसका लोकप्रिय साहसी नेता कुमार भुजेल लगायत दर्जनौ नेता तथा कार्यकर्ता घाईते भएका ेनेपाली कांगे्रस दोलखाका पार्टी सचिव सन्तोष रिमालले जानकारी दिए ।
नेपाली कांगे्रस दोलखाका नेता कुन्दन काप्mले, नेता बाबुकाजी बस्नेता ,नेता राजेश श्रेष्ठ, नेपाल बिद्यार्थी संघका अध्यक्ष भिम खड्काको आन्दोलनको नेतृत्व गर्ने चर्तुराईले दोलखा कांगे्रसको शिर उच्च राख्न सफल भएको युवा नेता बासुदेव मास्केले बताए ।

                    

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट