सदरमुकाम चरिकोटमा आन्तरिक राजश्व कार्यालय स्थापना
अनलाइनखबर पाटी ३० आश्विन २०७७, शुक्रबारशोभित उप्रेती – असोज ३० दोलखा । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा करदाता सेवा कार्यालय स्थापना भएको छ | कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यताबाट दोलखा जिल्लाबासी मुक्त हुने भएका छन् । सदरमुकाम चरिकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै धुलिखेल पुग्नुपर्ने यसअघिको बाध्यता अन्त्य हुने भएको हो ।
बिगतका बर्षमा १५ करोड २७ लाख ७४ हजार राजश्व उठाएकोमा यस आबमा ५० करोड भन्दा माथि राजश्व उठाउने लक्ष्य रहेको कार्यालय प्रमुख रामकुमार श्रेष्ठले बताएकाछन । दोलखाका १० हजार ३ सय ९ जना करदातालाई ६ सय कर बुझाउन ५ हजार खर्च गरेर काभ्रेपलाञ्चोकको धुलिखेल, भक्तपुर जाने अबस्थाको शुक्रबारबाट अन्त्य भएको छ ।
चरिकोट स्थित अदिती कम्प्लेक्समा स्थापना गरिएको कार्यालयले आजबाट औपचारिक रुपमा सेवा प्रवाह गरिएकोछ । नेपाल सरकार मन्त्रिपरिषदको २०७६ पौष २१ को निर्णय अनुसार जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएको र आजबाट करसम्बन्धि सम्पुर्ण काम सुरु गरिएको छ । दोलखा सदरमुकाममा कर कार्यालय भएकाले सरकारको कदम उद्योगी ब्यापारिकको हितमा रहेको दोलखा उद्योग बाणिज्य संघ अध्यक्ष इन्द्र श्रेष्ठले अनलाइनखबर पाटीलाई बतए |
कार्यालयले सार्वजानिक सूचना जारी गर्दै आन्तरिक राजस्व कार्यालय धुलिखेलबाट हुने काम जिल्लाबाटै हुने जानकारी गराउँदै सेवाग्राहीलाई सेवा लिन सार्वाजाकि सुचना गरे लगतै महिनाको अन्तिम दिन शुक्रबारैै भिड लागेको छ ।
करदाता मैत्रि कर कार्यालय बनाउने अभियान आगामी दिनहरुमा कार्यालयका कर्मचारीहरु लाग्न सके बढी भन्दा बढी कर संकलन गर्न सहज देखिन्छ ।
Leave a Reply