चरिकोटमा सुबिधा सम्पन्न भीमेश्वर सुपर मार्केट संचालनमा

 अनलाइनखबर पाटी     ३ कार्तिक २०७७, सोमबार

शोभित उप्रेती – कार्तिक ३ दोलखा  | दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा विजया दशमी २०७७  को अवसर पारेर भीमेश्वर सुपर मार्केट खुलेको छ । पर्यटकीय दृष्टिकोणले दोलखाको केन्द्रमा रहेको चरिकोट बजारमा ग्राहकले एकै थलोमा सबैकुरा पाउने सुविधा सम्पन्न सुपर मार्केटको आज उद्घाटन भएको हो ।

सदरमुकाम चरिकोटको सातदाेबाटाे चाेकमा रहेकाे पावन हाेटलकाे माथिल्लाे तलामा रहेकाे भीमेश्वर सुपर मार्केटको उद्घाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले गर्नु भएको हो । समन्वय प्रमुख पाण्डेले पर्यटकीय जिल्लामा गुणस्तरीय तथा सुलभ मूल्यमा ग्राहले हरेक सामान पाउने गरी अरु धेरै सुपर मार्केट सञ्चालनमा आउनु आवश्यक रहेको बताउनु भयो ।

भीमेश्वर सुपर मार्केटको उद्घाटनका अवसरमा सुपर मार्केटका सञ्चालकहरु दाेलखा उधाेग बाणिज्य सङ्घका पूर्व अध्यक्ष रामेश्वर मान्न्धर, अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्ष दिनेश थापा, सनत थापा, महासचिव हेमराज रिमाल, सचिव विमल श्रेष्ठ, कोषाध्यक्ष अनिता श्रेष्ठ, पत्रकार चिरन्जीवी मास्के लगायतकाे सहभागिता रहेकाे थियाे ।

भीमेश्वर सुपर मार्केटले दशै धमाका नामले विशेष उपहार योजना समेत ल्याएको छ । जसमा एक हजार बराबरको सामान खरीद गर्ने ग्राहकलाई एक केजी चिनि, दुई हजार बराबरको सामान खरीद गर्ने ग्राहकलाई दुई केजी चिनि, पाँच हजारसम्मको सामान खरीद गर्ने ग्राहकलाई एउटा जम्बो कोक तथा छ हजार भन्दा बढीको सामान खरीद गर्ने ग्राहकलाई एक बाक्सा वाईवाई चाउचाउ उपहारको रुपमा प्रदान गरिने सुपर मार्केट सञ्चालक दिनेश थापाले अनलाइनखबर पाटीलाइ बताउनु भयो ।

दशै तिहार लगतै भीमेश्वर सुपर मार्केटमा नुन देखि सुनसम्म पाउने गरी व्यवस्थापन गरिने पनि सञ्चालक थापाले बताउनु भयो । सदरमुकाम चरिकोटकै बीच बजारमा पनि अर्को सुपर मार्केट सञ्चालनको तयारी भै रहेको व्यवसायीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट