कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट – यस्तो छ तालिका

 अनलाइनखबर पाटी     ५ कार्तिक २०७७, बुधबार

काठमान्डौ | राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बुधबार बोर्डले आगामी मंसिर ९ गतेबाट परीक्षा सञ्चालन गर्नेगरी नयाँ परीक्षा तालिका सार्बजनिक गरेको हो। गत वैशाख ८ गतेका लागि तय भएको परीक्षा कोरोनाको महामारीका कारण रोकिएको थियो |

कक्षा १२ मा देशभरबाट ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन्। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले अनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने गरी कार्यविधि बनाइएको जानकारी दिए।

प्रयोगात्मक परीक्षा भने पहिले जस्तै यथावत् रहने अर्यालले जानकारी दिए। बोर्डले दशैँ, तिहार र छठ लगायतका पर्व सकिए लगत्तै परीक्षा सञ्चालन गर्न लागेको हो। शनिबार पनि संचालन हुने परीक्षा मंसिर १६ गते सकिनेछ। बोर्डले कोरोना संक्रमित विद्यार्थीहरुलाई छुट्टै परीक्षाको व्यवस्था गर्ने जनाउँदै यो परीक्षामा सहभागी नहुन अनुरोध समेत गरेको छ।

‘कोरोना संक्रमित भई उपचाररत परीक्षार्थीहरूलाई परीक्षामा सहभागी नहुन अनुरोध गरिन्छ’ बोर्डद्वारा जारी सूचनामा भनिएको छ, ‘त्यस्ता परीक्षार्थीहरूका लागि नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गरिएको ल्याब रिर्पोटको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिनेछ।’

यस्ताे छ परीक्षा तालिका

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *