बरिस्ट डाक्टर झा र थापाको कोरोना संक्रमणबाट मृत्यु

 अनलाइनखबर पाटी     १ मंसिर २०७७, सोमबार

मंसिर १ काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट दुई डाक्टरको मृत्यु भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सुनिल झा र डा. नारायणबहादुर थापाको मृत्यु भएको हो ।

झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान -आईओएमंका प्राध्यापक समते हुन् । उनको त्रिवि शिक्षण अस्पतालका उपचारका क्रममा सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

कात्तिक दोस्रो साता कोरोना संक्रमण पुष्टि भएका उनलाई रेमडिसिभिरका साथै प्लाज्मा समेत दिइएको थियो । तर मल्टी अर्गान फेलियर भएपछि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

डा. थापा नेपाल बर्न सोसाइटी र इशान अस्पतालका अध्यक्ष हुन् । कोरोना संक्रमित उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट