प्रतिगामी,अधिनायकवादी कम्युनिष्ट सरकार बिरुद्द उत्रिन शिक्षक संघलाई आग्रह
अनलाइनखबर पाटी ९ फाल्गुन २०७७, आईतवारफागुन-८ दोलखा। नेपाली कांग्रेस दोलखाका नेता बर्मा लामाले प्रतिगामी, अधिनायकवादी कम्युनिष्ट सरकारको समाप्तीको दिन आएको बताए । उनले भने संविधान नै बलत्कार गर्ने ओली सरकारको दिन गन्ती सुरु भएको र विश्व कम्युनिष्ट नेत्रत्व हेर्ने हो भने आचरण नै शासकीय रहेको उल्लेख समेत गर्नु भयो । सम्वृद्ध समाज निमार्णका संवाहक ,चेतनाका प्रतिबिम्ब शिक्षकहरुको गौरबशाली संस्था नेपाल शिक्षक संघ मेलुङ गाउँपालिका स्थानीय प्रतिनिधि सभा लाई सम्बोधन गर्दै नेता लामाले सो कुरा बताएका हुन ।
समाजलाई अग्रगामी बाटोमा डोर्याउने, समाजमा भएका बिकृती र बिसंगतीलाई समाप्त पार्ने न्यायमूर्तिका रुपमा रहेका गुरुहरुले अब अधिनायकवादी कम्युनिष्ट सरकारले गरेको भ्रष्टचार, बिकृती खुलेर बिरोध गर्दै जनता सामु पुराउन अपरिहार्य रहेको शिक्षक संघ दोलखाका पुर्ब अध्यक्ष तारा बहादुर कार्कीले प्रष्ट पारे ।
नेपाली कांगे्रस मेलुङ गाउँपालिकाका पार्टी पार्टी उपसभापति तथा मेलुङ गाउँपालिका वडा न ६ का वडा अध्यक्ष कुसुम लामाले स्थानीय सरकारको दम्भ देखाएर स्वाभिमानी शिक्षकहरुमाथि अत्याचार गर्ने जो कोेही लाई पनि कांगे्रसले नछोड्ने चेतावानी दिए । कुनै शिक्षकहरुलाई जनप्रतिनिधि एवम विपक्ष भएकोमा प्रधानाध्यपकहरुले पिडा दिएका छन भने हामीकहाँ आउनुस हामी जनतामा उभ्याएर समाजिक कार्वाही समेत गर्न तयार छौ” | लामाले भने “फरक बिचारकै आधारमा बिभेद गर्ने अधिकार कसैलाई छैन।”
नेपाल शिक्षक संघ मेलुङ गाउँपालिकाका स्रोत शिक्षक शोभित उप्रेतीले भने “ बालमैत्रि शिक्षा पाउनु बालबालिका अधिकार हो , शिक्षकको पहिलो कर्तव्य बिद्यालयमा गएर अध्यापन गराउनुका साथै विद्यालयमा शैक्षिक वातावरण स्थापित गर्नु हो ।” निरन्तर आफ्नो कर्तव्यपथमा लाग्दा शक्तिको आडमा सरकारका लठैतहरुले नेपाल शिक्षक संघका साथिहरुलाई पिडा दिई रहेको ससन्नमा आएकोछ तत्काल नसच्चिए आन्दोलनको आँधिबेहेरी सृजना गर्ने स्लेरोत शिक्षक उप्रेतीले चेतावानी दिएका छन ।
नेपाल शिक्षक माहासंघ मेलुङ गाउँपालिका अध्यक्ष प्रविन मोक्तानले ओली सरकारले निर्वाचन घोषणा गरेपछि पनि पार्टीका विभिन्न कार्यक्रमहरु गरेर राज्यशक्तिको दोहन गरिरहेका छन | लाखौंलाख खर्च गरेर पार्टीको कार्यक्रममा सहभागी गराएर शक्तिको दुरुपयोग गरेकाले सचेत बर्ग गुरुहरुले स्थानिय तहमा कति कति खर्च गरेकाछन हिसाव किताब लिन जनतालाई जागृत गराउन समेत आग्रह गरे । कार्यक्रममा सरुवा गरि दिने,जागिर खाईदिने धम्की देखाई शिक्षकलाई मानसिक पिडा दिने केही प्रधानाध्पकहरु तथा जनप्रतिनिधिहरुको बिषयमा मौखिक उजुरी आएको छ, अब लिखित उजुरी लिई कानुनी उपचारका लागी अदालतसम्म जाने तयारी अब दिनमा नेपाल शिक्षक महासंघले गर्ने चेतावानी अध्यक्ष मोक्तानले दिएका छन् |
स्थानीय प्रतिनिधि सभा लाई सम्बोधन गर्दै मेलुङ गाउँपालिकाका नेपालि कांग्लेरेसका अर्का युवा नेता हस्तलाल योन्जनले बिचारमा आबद्ध शिक्षकहरुको पेशागत सुरक्षाको लागी जस्तो मुल्य चुकाएर भएपनि सेवा गर्न आफु तयार रहेकोले आफ्ना बिचारलाई गाउँटोल बस्ती बस्ती पुराउन समेत आग्रह गरे । स्वातन्त्र बिचारलाई अंकुश लगाउने तागत कसै संग नभएको योन्लेजनले दाबि गरे ।
नेपाल शिक्षक संघ मेलुङ गाउँपालिकाका अध्यक्ष बिष्णु खड्काको सभापतित्वमा सम्पन्न स्थानिय प्रतिनिधि सभालाई शिक्षक नेता चक्र प्रसाद उप्रेती, कुल बहादुर लकाई लगायतले सम्बोधन गरेका छन । आज बुद्द चोकमा सम्पन्न स्थानिय प्रतिनिधि सभामा मेलुङ गाउँपालिकाकामा कार्यरत करिब एकसय जना शिक्षकको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा दुइ जना शिक्षकहरुले शिक्षक सघमा सदस्यता लिनु भएको छ ।
Leave a Reply