सिविन-नेपालको सहयोगमा स्वास्थ्य मैत्री बन्दै दोलखा

 अनलाइनखबर पाटी     २७ जेष्ठ २०७८, बिहीबार

शोभित उप्रेती – जेष्ट २७ चरिकोट | सिविन–नेपाल बालअधिकारको संरक्षण र सम्वद्र्धनका लागि क्रियाशील रहेको एक सामाजिक संस्था मात्रै नभई दोलखा जिल्लामा लामो समय देखि नागरिकको हितका लागि प्रभावकारी कार्य गर्दै आएको छ | सिविन-नेपाल र ग्रामिण बिकास टुकिसंघ दोलखाको साझेदारीमा कोभिड -१९ को विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई ठुलो सहयोग पुग्ने गरी आज सवास्थ्य सामग्री वितरण गरेको छ |

सिविन-नेपाल र ग्रामिण बिकास टुकिसंघ नामक गैरसरकारी सस्थाले दोलखाका नागरिकहरुको हितमा प्रत्यक्ष रुपमा सहयोग गर्दै गर्दै आएको छ | २०७२ सालको विनासकारी भूकम्पमा दोलखाली नागरिकलाई गास, बास, कपासका लागि ठुलो मात्रामा सहयोग गरेको थियो |

दोलखाको कालिन्चाेक गाउपालिका र बिगु गाउँपालिकाका २५ वटा स्वास्थ्य संस्थाहरुमा आज स्वास्थ्य सामग्री वितरण गरेको छ |

यो विषम परिस्थितिमा पनि विभिन्न समयमा दोलखाका स्वास्थ्य सस्थाहरुमा सामग्री सहित जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ | आजै मात्र दोलखाको बिगु गाउपालिकाका महिला तथा बालबालिकाहरु बिशेष रुपमा लाभान्वित हुनेगरी पिपीई – २० सेट, थर्मल गण-१३ थान, अक्सामीटर-१३ थान, सर्जिकल मास्क – २६२ प्याकेट, सनिटाइजर-२५ लिटर र ५०० मिलिलिटरको ४८ थान,ग्लोव्स-१५ प्याकेट, नेबुलाइजर – १३ सेट, आइसोलेशन बेड -१० थान, स्टेचर-१ थान सिविन-नेपालले स्वास्थ्य सामग्री उपलब्ध गरएको र बिगतमा गाउपालिकाका आइसोलेशन बेड ९ वटा थियो सिविन नेपालले १० बडे  थपि दिएर  हाल १९ वटा बेड तयारी अबस्थामा रहेको गाउपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले अनलाइन खबर पाटीलाई बताउनु भयो |

त्यसैगरी कालिन्चोक गाउपालिकामा सिबिन-नेपालले आज पिपीई – १८ सेट, थर्मल गण-१३ थान, अक्सामीटर-१३ थान, सर्जिकल मास्क – २३८  प्याकेट, सनिटाइजर-४० लिटर र ५०० मिलिलिटरको ३० थान, ग्लोव्स-१६ प्याकेट, नेबुलाइजर – १३ सेट, आइसोलेशन बेड -१० थान, स्टेचर-३  थान उपलब्ध गरएको छ | यस अघि गाउपालिकामा २३ वटा आइसोलेशन बेड रहेको मा सिविन नेपालले १० बेड थप उपलब्ध गराउदा ३३ वटा आइसोलेशन बेड भएको छ, स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा  सिविन नेपाललाइ धन्यबाद दिदै कालिन्चोक गाउपालिकाका अध्यक्ष बिन कुमार थामी  सामाजिक सस्थाका रुपमा अब्बल रहेको र निरन्तरताका लागि शुभकामना ब्यक्त गर्नु भयो |

कालिन्चोक गाउपलिका र बिगु गाउपालिकाका नागरिकको स्वास्थ्य उपचारमा थोरै भए पनि सहयोग पुगोस भन्ने हेतुले सिविन नेपाल र ग्रामिण बिकास टुकिसंघ दोलखाको साझेदारीमा ग्रामिण बिकास टुकिसंघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठको हातबाट स्वास्थ्य सामग्री हस्तान्तरन गर्नुभएको हो |

लामो समय देखि दोलखाका बिशेष गरी बालबालिका तथा महिलाको हितका लागि कार्य गर्दै आएको र विश्वनै कोरोना महामारीले ग्रसित रहेको बेला हाम्रो  देश नेपाल पनि अछुतो रहन सकेन र सिविन नेपालले यस विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धि कार्यक्रम संचालनमा ल्याई विभिन्न स्वास्थ्य सस्थाहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउदै सहयोग गरिरहेको र यस प्रकारको कार्यक्रम निरन्तर चलिरहने सिविन-नेपाल दोलखाका कार्यक्रम अधिकृत सन्तोष प्रसाद बिमलिले बताउनु भयो |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट