सवारी दुर्घटनाः ४४ महिनामा ५ सय ६८ को मृत्यु

 अनलाइनखबर पाटी     १७ चैत्र २०७८, बिहीबार

बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा परेर ५ सय ६८ जनाको ज्यान गएको जनाएको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा सवारी दुर्घटनामा परी काठमाडौंमा मात्रै १ सय ३१ जनाको ज्यान गएको थियो । सो वर्ष काठमाडौंमा ६० जना दुर्घटनामा परी अंगभंग भएको थियो ।

यसैगरी, सो आर्थिक वर्षमा ललितपुरमा ५२ जनाको सवारी दुर्घटनामा परेर ज्यान गएको थियो भने ३ जना अंगभंग भएका थिए । यस्तै, भक्तपुर ३७ जनाको मृत्यु हुँदा १० जना अंगभंग भएको रेकर्डले बताउँछ ।

यसैगरी, आर्थिक वर्ष २०७६÷७७ मा काठमाडौंमा ८१ जनाको मृत्यु तथा ६५ जना अंगभंग भएका थिए । यस्तै, ललितपुरमा २५ जनाको ज्यान जाँदा ४ जना अंगभंग भएका थिए भने भक्तपुरमा सो आर्थिक वर्षमा २७ जनाको मृत्यु हुँदा ३ जना अंगभंग भएको रेकर्ड छ ।

यसैगरी, आर्थिक वर्ष २०७७÷७८ मा काठमाडौंमा ७६ जनाको मृत्यु तथा ३६ जना अंगभंग, ललितपुरमा २३ जनाको मृत्यु तथा ५ जना अंगभंग तथा भक्तपुरमा २३ जनाको मृत्यु तथा ४ जना अंगभंग भएको रेकर्डले देखाएको हो ।

यसैगरी, चालू आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्म काठमाडौंमा ६८ जनाको मृत्यु तथा ३४ जना अंगभंग भएको प्रहरीको रेकर्ड छ । यस्तै, ललितपुरमा ८ जनाको मृत्यु भएको तथा १३ जना अंगभंग भएको र भक्तपुरमा १७ जनाको मृत्यु हुँदा चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ जना अंगभंग भएको प्रहरीको तथ्यांक छ ।

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट बुधबार बिहान दुई विद्यार्थीको मृत्यु भएको छ ।
सुन्दरीजलस्थित वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

बुबा घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै थिए । घटनामा घिसिङ पनि गम्भीर घाइते भएका छन् । घिसिंङले टिपर चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको बताएका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।
घटनापछि सो क्षेत्रको अवस्था बुधबार दिनभर तनावग्रस्त बनेको थियो भने आक्रोसित स्थानीयले टिपरमा तोडफोड गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *