गन्हाएका नेता फेरी निर्वाचनमा नउठ्दा राम्रो, दाेहाेराएर ठिकट नदिन राजनीति दलमा सत् बुद्धि छाओस

 अनलाइनखबर पाटी     २५ चैत्र २०७८, शुक्रबार

 

बोले भाषणले भइहाल्ने,झोले जति पछि लागिहाल्ने
गल्ती भयो, जानिनँ, सुध्रिन्छु,भनेपछि दोष सप्पै भागिहाल्ने आर्थिक पार्दशीता खाेज्याे पिसावआउने, उम्मेदवारी दर्तामा जुटुँ कि,म बबुराे सरणपुरे पनि पालिका प्रमुखमा उठुँ कि?
जनताले मलाई कसरी हेरिरहेकाछन ,विकास र बिवेकका क्षेत्रमा कहिलै सुक्ष्म रूपमा नहेरी पून पालिका प्रमुख,उप प्रमुख,वडा अध्यक्ष दावि गर्ने केही स्वाघाेषीत ठुटे नेताहरू देख्दा उदेक लाग्छ। पटकपटक एउटै पदमा आसिनहुन खाेज्नु राम्रो भने पक्कै हाेईन ।
देशकाे सेवा ,जनताको सेवा गर्न जनताले मत दिएर विजय गराएकाे उपहास हुने छ एउटै पद दाेहाेराएमा। समकालीनलाई पद हस्तान्तरण वा ,पुस्तान्तरण गर्न सक्नु नै कुशल नेतृत्व हाे।सरकारी सेवा उपयोगका नाममा माेजमस्ती गर्न पल्लेका पिपासु शैलीका केही नेता कारण पार्टीहरू दुर्गन्धित भएकाछन। पार्टीहरूकाे स्वाभिमान जाेगाउन अहाेरात्र खट्ने नेता कार्यकर्ताकाे उम्मेदवारी पालैपालाे आएकाे खण्डमा पार्टी प्रती अार्कषण बढ्ने छ,नत्र बित्रिश्णा जगाउने छ।जिल्ला नेतृत्वले बिबेक नगुमाउनुस, तानाशाही शैली यस पटककाे स्थानिय निर्वाचनमा नदेखाउदा हितकर हुनेछ। दस बर्षे जनयुद्धका समयमा जनप्रतिनिधि बिहिन अबस्था भयाे, २०७४मा भएकाे स्थानीय निर्वाचन पछि यही बैशाख ३० मा हुदै छ।नेतृत्व पुस्तान्तरण गर्न समयले नेटाे काटेकाे पनि धेरै भयाे तर पून साेही पद चाहिन्छ भनेर अाफ्नै घर भित्र पाैंठा जाेरिखाेज्नु स्वाभिमानी कार्यकर्ता माथि अपराध गर्नु हाे।ईतिहासले अपराधी सावित गर्नेछ कुनै दिन। देश सेवा गर्ने हाे की? पदावधि लम्ब्याउन खोज्नु दाम कमाउने दाउ मात्रै हो ।

दाउपेचभन्दा कुनै राम्रो काम नगरेर पाँच वर्षसम्म सिन्को भाँचेनाै। प्रथम संघीय गणतन्त्रको काम नहुने तर दाम भने उपरी माथि थुपरी हुने कमाएर नमुना बन्यौ । यसको मतलब तिकडम भयो, काम भएन, मन लागेसम्म दाम मात्र कमायाै। फेरि यही खाेजी रहेकाछाै ।तिम्रा कारण पालिका विकासमा १० बर्ष पछि परेको छ अझै अर्को १० बर्स पछाडि पर्ने निश्चित छ ।

पशुपति शर्माको ‘लुट्न सके लुट्’ गीत र प्रकाश सपूतको गिती कथा ‘पिर’ले पाएको सास्तीलाई बास्तविकतामा सावित हुनेछ । हुन त काम नगरे पनि खल्तीभरि दाम लिने र त्यसैलाई सुकीर्ति सरह पेस गर्ने संस्कारै भैसकेको हाम्रा पालिकाहरूमा के के पो कुरा गरेर साध्य हुन्छ र?
यातायातको उस्तै हालत, सडकका खाल्डा पुर्ने साइत कहिल्यै पर्ने होइन। न भाँच्चिएका पुल बनाउने दिन आउँछ न पुल बनाउन एउटा खम्बा ठड्याएपछि अर्कोको साइत आउँछ भनेर‚ कानमा तेल हालेर बस्ने लठैत पालिका प्रमुख पुन उम्मेदवार हुन पार्टी धाईरहेकाछन। त्यो एउटा निरर्थक कार्य हो।अभिसाप हुनसक्छ तिमीहरू लाई। बिनाकाम दाम पचाउने तिम्रो नियत सार्वजनिक भईसकेकाे छ ।लाजसम्म नमानिरहेको  कुम्भकर्ण सरि निद्रामग्न  छाै तिमीहरू ।राजनीति दलले बेलैमा बुद्धि पुराएर नेतृत्व परिवर्तनकाे अभियान न‌ै संचालन गर्नु पर्दछ। भ्रष्टहरूकाे दाममा लाेभियाे,तिग्र देखेर डरायाै भने नेपाली राजनीतिकाे हत्या हुनेछ।स्वाभिमानीका पक्षमा लाग्यौ भने तिमिपनि सुरक्षित हुने छाै राजनीतिमा।कामनगरेको बग्रेल्ती उदाहरण नजरभरि लडिरहेका छन्। तर‚ इन्धनको भाउ बढेको बढेकै छ। नेता र कार्यकर्ताको आर्थिक सुविधा बढेको बढेकै छ। बजार भाउ चुलिएको चुलिएकै छ र मुद्रास्फिति आकसिएकै ।

पटकपटक एउटै पदमा उम्मेदवार दिने भनेकाे गतिवधिहरू देख्दा पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौती भनेजस्तै देश जस्तोसुकै संकटमा परे पनि र परम्परा जतिसुकै विकृतितिर धकेलिए पनि लगाम समात्नेहरूलाई आफ्नो पद र त्यसबाट पाइने सुविधाको मात्रै मतलब छ भन्ने प्रष्ट देखिन्छ।

 

 

 

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट