कसलाई रोज्लान् मतदाताले ? तथ्यांकले भन्छ, पार्टी होइन व्यक्ति हेर्छन्, भीमेश्वरका मतदाता

 अनलाइनखबर पाटी     २३ बैशाख २०७९, शुक्रबार

भीमेश्वर नगरपालिकामा आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि  ५ जनाले प्रमुख र   ५   जनाले उपप्रमुखमा उम्मेदवारी दिए । अन्तिम समयमा प्रमुख र उपप्रमुखका एक एकले उम्मेदवारी फिर्ता लिए । कोही जित्ने दाउमा त कोही उपस्थिति मात्रै जनाउने औपचारिकता लागि उम्मेदवारी दिएको पाइन्छ । त्यो कुराको पुष्टि माओवादी केन्द्र गरेको पछिल्लो उम्मेदवारी दर्ता÷फिर्ताले पनि गरेको छ ।भिमेश्वर नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा मिश्रित परिणाम आएको थियो । त्यसको कारण भिमेश्वरमा आम मतदाताले पार्टी भन्दा उम्मेदवारलाई रोज्ने तथा उम्मेदवारको व्यक्तिगत सम्पर्क सम्बन्धले पनि प्रभाव पार्ने राजनीतिक दलका नेता बताउँछन् । ‘निर्वाचन परिणाममा व्यक्तिको प्रभाव निकै पार्ने देखिन्छ’, दलका नेता भन्छन्, ‘राजनीतिक दलको आउने प्रतिबद्ध भोटले मात्रै भिमेश्वरमा मा पछिल्लो निर्वाचन जितेको पाइँदैन ।भिमेश्वरनगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपाएमालेका भरत केसीले प्रमुख र उपप्रमुख कमलाबस्नेतले जितेका थिए । । ९  वटा  वडा रहेका भिमेश्वरनगरपालिकामा २ वटा वडाध्यक्ष काँग्रेस, ७ वटा वडाध्यक्ष एमाले, जितेको थियो । नेपाली काँग्रसले वडा नं  २  ,३  नेकपा एमालेले वडा नं १, ४,५ ६,७, ८ ,९, वडा जितेको थियो । अहिले करिब २४ हजार  मतदाता छन ।

जितेका बाहेक राजनीतिक दल पहिले र अहिलेको परिस्थिति फेरिएको दाबी गर्दै आफ्नै जित सुनिश्चित रहेको दाबी गर्दछन् । ‘व्यक्तिगत छवि कारण भरतकेसी  मेयर निर्वाचित हुनु भएको थियो, उहाँको ठाउँमा अर्को निर्वाचन लड्दा त्यति मत आउँदैन भन्ने एमालेले चर्चा चल्ने गरेकोछ । एमालेले  नगर प्रमुखमा हरिबंश चौलागाई लाई उम्मेदवार बनाएको छ । उनी नेकपा एमाल दोलखाका हारेका सहसचिव हुन । उनी नेकपा एमालेको पार्टी कमीटीमा निरन्तर लागेका भएपनि जनताको लेबलमा त्यति लोकप्रिय  मानिन्दैनन। आनन्द प्रसाद पोखरेल समुहका  भनेर चिनिने चौलागाई जिल्ला पार्टी कमिटीले पूर्व मेयर भरत केसीलाई दिएको टिकट खोसेका छन । पार्वत गुरुङको राजनैतिक सिंङ भाँचेकोमा गौरब मान्ने पोखरेल समुहले चौलागाईको उम्मेदवारलाई उदाहरण दिने गरेकाछन ।  पार्टीमा अत्यन्तै बलियो रहेको हेरिने सबै कार्यकर्ताको साथ  रहेका  संघिय माननिय गुरुङले जिल्लामा रहेका  नौ पालिकामा सात पालिकाका प्रमुख र उपप्रमुख अनि दुई पालिकाका  उपप्रमुख आफु निकटका कार्य कर्तालाई उम्मेदवार बनाएका छन । पार्वत गुरुङ निकटका भरत केसीले भिमेश्वरको टिकट पाई प्रचारप्रसार गरिरहेका अबस्थामा आनन्द  पोखरेलले खोसेकामा  हालका उम्मेदवारलाई पूर्णरुपमा भित्री सपाेट गुरुङ समुहको नभएकोले चौलागाईको उम्मेदवारी कमजोर रहेको अनुमान गरिएको छ ।

भिमेश्वर नगारपालिका  प्रमुख र उपप्रमुख पद सत्ता गठबन्धनले काँग्रेसलाई प्रमुख र  नेकपासमाजवादी उपप्रमुखमा उम्मेदवार बनाएकोछ । गठबन्धन आफैंमा बलियो छ ।  काँग्रेसबाट ईश्वर नारायण मानन्धर  प्रमुख र  उपप्रमुख पदमा नेकपासमाजवादीको संगिता पाख्रिन  उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा नगर प्रमुखमा सफल नभएपछि यसपाली मानन्धर ले आफुलाई लामो समय प्रमुख पदका लागि घरदैलो गरि रहेकाले उनको जित नजिक रहेको अनुमान  गरिएकोछ ।  अनेरास्वाबियुमा लामो समय  राजनिति गरेकी नेकपा एसबाट उपप्रमुखकी उम्ेदवार संगिता पाख्रिन ईश्वर मानन्धरको निरन्तर जनतासंगको उठबसको कारण बिजय हुन सहज देखिन्छ । उम्मेदवारले नयाँ थपिएका मतदाता र व्यक्तिगत प्रभाव मत थप्न सक्ने हो भने भिमेश्वरमा एमाले भन्दा गठबन्धन निकै बलियो देखिन्छ मतको गणितमा । भिमेश्वरमा  नेपाली कांगे्रस ,नेकपा माओवादी ,नेकपा एस तिनदलको गठबन्धन रहेको छ ।माओवादीबाट प्रमुख र उपप्रमुखमा परेको र उनीहरुको उम्मेदवारी फिर्ता भइसकेको छ । अनुमानमा सत्यता छ, माओवादीलाई सामान्य रुपमा पनि सम्बोधन नगरेको आक्रोश स्थानीय नेतृत्वमा प्रष्ट छ, गठबन्धन विरुद्ध ।

राष्टिय प्रजातन्त्र पार्टीको तर्फ बाट प्रमुख उम्मेदवार बनेकी  देवकी बुढाथोकी लामो समय राजनिति गरेकी महिला नेतृ हुन ।उनले भिमेश्वर नगरपालिकाको प्रमुख हार्नेलाई जिताउने र जित्नेलाई हराउन सक्ने दम राख्ने आुमान गरिएकोछ । राप्रपाको मत  निणांयक हुने  समेत राजनैतिक बृतमा चर्चा छ ।जसपा बाट भिमेश्वर नगरपालिका को प्रमुख पदमा  बिछि थामीको उम्मेदवारी परेको छ । उनी पुराना राजनितिज्ञ  हुन ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट