शान्तिपुर्ण र भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न दाेलखाका दलहरू दुवारा सामुहिक हस्ताक्षर

 अनलाइनखबर पाटी     २६ बैशाख २०७९, सोमबार

शान्तिपुर्ण र भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न दाेलखाका दलहरू दुवारा सामुहिक हस्ताक्षर
दीपशंकर चाैलागाई
दाेलखा २६ बैशाख ।
दाेलखाका राजनैतिकदलहरूले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा निष्पक्ष रुपले संचालन गर्न स्थानीय प्रशासनलाई सहयोग पुराउने बताएकाछन।
निर्वाचन आचार संहिता पालना गर्ने क्रममा हाल सम्म प्रयोग भएका पर्चा, पम्प्लेट, तुल व्यानर राजनीतिक दलबाट हटाउने, राजनीतिक दलबाट नहटाएको खण्डमा सुरक्षाकर्मीबाट सामाग्री हटाउने समेत सहमति बैठकमा गरेकाछन विभिन्न नाकाबाट बाहिरि जिल्लाका व्यक्तिहरु पनि चुनावविथोल्न आउने संभावना रहेकोले सवै नाकामा कडा चेक जाँचको व्यवस्था मिलाएकाे प्रमुख जिल्ला अधिकारी भाेजराज खतिवडाले जानकारी दिए।

उनले भने जिल्लाभर मदिरा उत्पादन, ओसार-पसार, विक्रि वितरण तथा सेवन नियन्त्रण गर्दै आएका छाै ।

प्रतिनिधि सभाका सदस्य एवम नेपाल सरकारका पूर्व सुचना तथा संचार मन्त्री पार्वत गुरूङ,माननीय सभासद जिपछिरिङ लामा,नेपाल सरकारका पूर्व मन्त्री आनन्द प्रसाद पोखरेल,वन तथा वातावरण मन्त्री, वागमती प्रदेश मा. विशाल खडका,मुख्य निर्वाचन अधिकृत मा. श्री कवि प्रसाद न्यौपाने, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले शान्तिपुर्ण र भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न सामुहिक हस्ताक्षर गरेका हुन ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट