खुकुरी प्रहार बाट पाेखरेल सक्त घाइते ,अबस्था चिन्ताजनक

 अनलाइनखबर पाटी     २९ बैशाख २०७९, बिहीबार

दाेलखा २९ बैशाख । नेकपा एमालेका कार्यकर्ताले तरूणदलका सदस्यलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएकाछन ।
दाेलखाकाे तामाकोसी गाउँ पालिका ३ छाैडेमा लुकेर बसेका करिब १० जना हतियारधारीले साेही वडाका ३४ बर्षिय रमेश पाेखरेललाई मराशन्न हुनेगरी घाईते बनाएकाहुन।
नेकपा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार कृष्ण तमाङ लगायत काे समुहले आक्रमण गरेकाे घाइते पाेखरेलले बताए ।
घटना स्थलबाट छाैडेका प्रहरी सहायक निरिक्षककाेलटाेली सदरमुकाम चरिकोटकाे पशुपति चाैलागाई अस्पतालमा उपचारकाे लागि ल्याई पुराएकाे छ। उनकाे अबस्थामा गम्भीर रहेकाे अस्पताल स्ाेतले जानकारी दिएकाे छ।
तामाकोसी गाउँपालिकामा नेकपा एकालेले नियाेजितरूपमन आक्रमण गरेकाे कांग्रेस नेता कुमार भुजेलले दाबि गरे । तत्काल रक्तपातकाे अबस्था नराेके भाेलि हुने निर्वाचन समेत प्रभावित पार्ने नेता भुजेलले बताए ।
सुरक्षा ब्यबस्थालाई कडा पारि याे क्षेत्रमा शान्तिपूर्ण निर्वाचन गराउन घटनास्थलमा तत्कालै दाेलखाका प्रहरी प्रमुख डिएसपी गंगा प्रसाद पाैड्याल पुगेकाछन ।अबस्था नियन्त्रणमा छ,तर खुकुरी हान्ने फरार रहेकोले खाेजिकार्य भईरहेकाे डिएसपी पाैड्याले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट