गुडेर आएकाे ढुंगाले किचेर भीमेश्वर नगरपालिकाका युवकको मृत्यु
अनलाइनखबर पाटी २९ बैशाख २०७९, बिहीबारदोलखा२९ बैशाख । गुडेर आएकाे ढुंगाले किचेर भीमेश्वर नगरपालिका वडा नम्बर ५ भिरामुनिका २१ वर्षिय विजय श्रेष्ठको मृत्यु भएको छ ।
डोजरले खनेर निकालेको ढुंगा गुडेर उनकाे मृत्यु भएको हो । भीमेश्वर नगरपालिकास्थित तामाकोशी–काठमाडौं २२०/४ सय केभी प्रसारण लाइनको टावर निर्माणका लागि खाल्डो खन्ने क्रममा खाडलबाट ठुलो ढुंगा निस्किएको थियो । गुडेर आएकाे ढुंगाले किचेर बेहोस भएका उनलाई उपचारका लागि चरिकोट ल्याउने क्रममा बाटोमै मृत्यु भएको भीमेश्वर नगरपालिका वडा नम्बर ५ का वडासदस्य श्रीकृष्ण बस्नेतले जानकारी दिए ।
श्रेष्ठको घर नजिकै डोजरले ढुंगा पन्छाएको हेर्न गएका उनको ढुंगाले लागेर मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी गंगाप्रसाद पौडेलले बताए । उहाँका अनुसार मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि चरिकोट अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले जानकारी दिए।
Leave a Reply