हेडक्वाटरबाट २५ जनाको विशेष टोली हेलिकप्टरमा आईपछि दोलखाका दुई स्थानको मतदान प्रक्रिया रोकिएकोमा सुरू

 अनलाइनखबर पाटी     ३० बैशाख २०७९, शुक्रबार

झडप भएपछि दोलखाका दुई स्थानको मतदान प्रक्रिया रोकिएको मा सुरू भएकाे छ।

वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेस्थित कालिढुंगा मावि मतदान केन्द्र र मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित कालिकादेवि मतदान केन्द्रमा तनाव भएपछि मतदान प्रक्रिया रोकिएको थियाे । दुई स्थानमा गरी सुरक्षाकर्मीले १३ राउन्ड हवाई फायर गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी गंगा प्रसाद पौडेलले जानकारी दिईकाछन । वैतेश्वरको मिर्गेस्थित कालिढुंगा मावि मतदान केन्द्रमा तिन घण्टादेखि नै मतदान रोकिएको थियो । मेलुङ ४ मा पनि मतदान स्थगित भएको छ । दुवै स्थानको स्थिति तनावपुर्ण रहेको प्रहरीले जनाएको छ ।दोलखाको वैतेश्वर गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मतदान स्थलको सुरक्षाका लागि काठमाडौँबाट थप सुरक्षाकर्मी मगाइएको छ ।

हेडक्वाटरबाट २५ जनाको विशेष टोली हेलिकप्टरमा मागाइएको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पाैड्यालले जानकारी दिए ।
सुरक्षा फौज थपिएसंगै वडा नम्बर–२ स्थित पुतलीकाठको मतदानस्थलमा मतदाहरुले शान्तिपुर्ण तरिकाले मतदान गरिरहेको प्रहरीले जानकारी दिएछ ।
त्यसैगरी वडा नम्बर १ गैरीमुदी र वडा नम्बर–३ मीर्गेमा पनि केहि समयमै मतदान सुरु हुन बताइएको छ ।
मतदान स्थलमा भएको झडपमा परि करिब एक दर्जन घाईते भएका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *