पाैराणिक कालकाे कला सास्कृति झल्काउने गरि कलात्मक रूपमा क्षमावती कुटि निमार्ण

 अनलाइनखबर पाटी     ४ असार २०७९, शनिबार

दीपशंकर चाैलागाई
दाेलखा ४ असार ।दाेलखाकाे भिमेश्वर नगरपालिका १ मा रहेकाे क्षमावती कुटी पाैराणिक कला सास्कृति झल्काउने गरि कलात्मक रूपमा निमार्ण भईरहेकाे छ।
वाग्मती प्रदेश सरकारकाे ५० लाखकाे लगानीमा उपभोक्ता समिति मार्फत कुटीकाे निमार्ण भएकाे हाे।

विभिन्‍न भौतिक संरचनाहरुको विकास मार्फत् प्रदेशको दिगो विकास, समृद्धि, आर्थिक सामाजिक रुपान्तरण तथा स्वच्छ वातावरण कायम गर्ने सरकारकाे लक्ष्य रहेकाे छ।

अनुगमन तथा निरिक्षणमा अाईपुगेका सहरी विकास तथा भवन कार्यालय धुलिखेल का प्रमुख सन्तोष निराैला कुटिअत्यन्तै कलात्मकरूपमा निर्माण गरिएको बताउनुभयाे।

पूर्वाधारहरुको निर्माण गरी सबै नागरिकलाई सुविधायुक्त, व्यवस्थित र पहिचानयुक्त बस्ती विकास निर्माण गर्ने , सडक सञ्‍चालनको विस्तार गर्ने ,सर्वसुलभ खानेपानी सेवाको पहुँच , विद्युतमा आत्मनिर्भरता, कृषि उत्पादकत्व तथा उत्पादनमा वृद्धि गर्न वागमति लागि परिरहेकाे छ।
क्षमावती कुटि निमार्ण गर्दा निरन्तर साईट हृेर्ने सहरी विकास तथा भवन कार्यालय धुलिखेल बाट खटिएका ईन्जिनियर धर्मेन्द्रकुमार यादव भन्नु हुन्छ उपभोक्त समिति मार्फत निमार्ण भईरहेकाे क्षमावती कुटि नमुना याेग्य रूपमा बनिरहेको छ।
आधारभुत सुविधायुक्त, व्यवस्थित, सुरक्षित एवम् पहिचानयुक्त शहरको विकास गर्न,आर्थिक अवसरहरुको सिर्जना गरी रोजगारी अभिवृद्धि गर्दै शहरी क्षेत्रको विकास गर्न,प्रदेश सरकार लागेको छ।बागमती प्रदेशका तेह्र जिल्लाहरुमा विभिन्‍न भौतिक संरचनाहरुको योजना तर्जुमा, स्वीकृति सहित आवश्यक विभिन्‍न अध्ययन अनुसन्धान गर्न यसका मन्त्रालयका कर्मचारी अहाेरात्र खटिरहेकाछन।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *