असारमा रासायनिक मल किसानलाई दिन नसक्ने नालायक सरकार का बिरूध्द चरण बद्ध आन्दाेलन गर्ने राप्रपा दाेलखाका अध्यक्ष शिवाकोटीकाे चेतावनी

 अनलाइनखबर पाटी     १७ असार २०७९, शुक्रबार

दीपशंकर चाैलागाई ,दाेलखा १७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजन बहादुर शिवाकोटीले मूल्य बृध्दीकाे बिराेध गर्दै राँके जुलुस निकाल्न लाग्दा प्रहरी दमन भएकाे बताए ।पार्टी नै कब्जा गरेर नेता तथा कार्यकर्ता लाई बाहिर निस्कन नदिने हरकद भएकाेले सरकार र स्थानीय प्रशासनकाे उनले घाेर भत्सर्ना गरेकाछन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले शुक्रबार साँझ सदरमुकाम चरिकोटमा राँके जुलुस प्रदर्गशन पछिकाे काेण सभालाई सम्बाेधन गर्दै शिवाकोटीले साे बताएका हुन।उनले भने सता लुप्तहरूलाई घाेषणा गरेर नै राप्रपा दाेलखाले बदला लिने चेतावनी दिए ।

किसानलाई सरकारले समयमै मलबिउ उपलब्ध नगराएको तथा मूल्य बृद्दीको विरोधमा राप्रपा दोलखाले राँकेजुलुस प्रदर्शन गरेको हाे ।जुलुसमा सहभागी नेता कार्यकर्ताले किशानका मागहरू तत्काल पूरा नगरे कठाेर आन्दाेलन गर्ने चेतावनी दिँदै नारावाजी गरेका  थिए ।

उद्योगी व्यवसायीहरुले मनपरी दैनिक उपभोग्य वस्तुमा मुल्य बृद्धि गरेका छन् । सरकारी निकायको बजार अनुगमन नहुँदा व्यापारीले मनपरी दैनिक उपभोग्य वस्तुमा मूल्य बृद्धि गरेका हुन् । बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मुल्य बृद्धि हुँदा सर्वसाधारण मर्कामा परेका अध्यक्ष शिवाकोटीले बताए ।पार्टी कार्यालय प्रहरीले घेरे पछि सदरमुकाम चरिकोटमा प्रहरी हस्तक्षप बिरूध राष्ट्रिय प्रजातन्त्र पाटीका सचिव राम तमाङ काे कमान्डका चाेक बाट राँके जुलुस निकालेकाे थियाे ।

असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसान पिडामा परेकाछन । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै सरकार जनताकाे पेटमा लाति बर्साई रहेकाे अाराेप शिकाेटीकाे छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट